पोखरामा औषधि पसलबाटै लागू औषध बिक्री गर्ने दुई जना पक्राउ

पोखरामा औषधि पसलबाटै लागू औषध बिक्री गर्ने दुई जना पक्राउ

Arrest_medicine_banned

पोखरा । पोखरामा औषधि बिक्री गर्ने फार्मेसी पसलबाट लागू औषध बिक्री हुने गरेको खुलेको छ । डाक्टरको अनुमति (प्रेस्किप्सन) बिना बेच्न नपाइने औषधि लागू औषधको रुपमा किनबेच गर्ने दुई जना पक्राउ परेका हुन् । प्रहरीले पोखरा महानगरपालिका–७ स्थित सुभेच्छा फार्मेसीबाट नियन्त्रित औषधि नियन्त्रणमा लिएपछि औषधि पसलबाट समेत लागू औषध बिक्री हुने गरेको खुलेको हो ।

लागू औषध नियन्त्रण व्यूरो, शाखा कार्यालय पोखराबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा छापा मार्दा सुभेच्छा फार्मेसीबाट लागू औषध बरामद गरेको हो । ब्यूरोका अनुसार सुभेच्छा फार्मेसीबाट ट्रमाडोल २५ सय क्याप्सुल र एप्काडोल १ हजार ट्याब्लेज बरामद गरिएको छ ।

प्रहरीले नियन्त्रित औषधि बिक्री गर्ने ४० वर्षीया सुशीला पराजुली र खरिद गर्ने पोखरा–६ का २० वर्षी राजकुमार परियारलाई समेत पक्राउ गरेको छ । प्रहरीले परियारको साथबाट ट्रमाडोल १० ट्याबलेट बरामद गरेको छ । उनीहरुमाथि थप कारबाहीका लागि औषधि व्यवस्था विभाग काठमाडौंमा बुझाइएको प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds