पोखरा । पोखरा रातोपैह्रामा रहेको अन्तराष्ट्रिय पर्वतीय संग्रहालय अबदेखि दैनिक १० घण्टा सञ्चालनमा आएकोे छ । बिगतका समयमा ८ घण्टा मात्रै सञ्चालन हुने उक्त संग्रहालय आइतबारदेखि १० घण्टा सञ्चालनमा ल्याईएको हो ।
विश्वका बिभिन्न हिमाल र हिमाली समुदायको बारेमा प्रचारप्रसा गर्ने उदेश्यले बनाईएको उक्त संग्रहालय २०६१ साल माघ महिनादेखि सञ्चालनमा आएको थियो । संग्रहालय अवलोकनकर्ता बिगतका समयमा भन्दा बढ्न थालेपछि अवलोकन समय बढाईएको नेपाल पर्वतारोहण संघले जनाएको छ ।
बिगतमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुल्ने उक्त संग्रहालय आइतबारदेखि भने बिहान आठ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनमा ल्याईएको छ । संग्रहालय अबलोकन समय दैनिक २ घण्टा थप गरेपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनमा बुद्धि हुने संघले आशा गरेको छ ।
संग्रहालयमा हिमपहिरो, हिमालको उत्पत्ति, चट्टानलगायत हिमाली ठाउँका बासिन्दाकोे सामाजिक, सांस्कृतिक, धार्मिक एवम् आर्थिक क्रियाकलाप झल्काउने सामग्रीहरु अवलोकन गर्न सकिन्छ ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम