पोखरा । विगतमा देशलाई अँध्यारोमा राखेका व्यक्तिहरुले मिडिया परिचालन गरेर आफु र प्राधिकरणको बारेमा झुटो प्रचार गरेको बताउँदै नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक (सीईओ) कुलमान घिसिङले ती व्यक्तिहरुले फेरी नेपालमा लोडसेडिङ गराउने प्रयास गरेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घिसिङले देशमा लोडसेडिङ ल्याउन बिभिन्न चलखेल सुरु भएको बताएका हुन् ।
‘विगतमा प्राधिकरणलाई घाटामा पु¥याएर देशलाई अँध्यारोमा राखेका व्यक्तिहरुलाई अहिले देशमा लोडसेडिङ नहुँदा मन परेको छैन’ उनले भने, ‘अहिले हामी हरेक समय देशमा उज्यालो ल्याउनका लागि लागिरहेका छौँ । तर, केहि व्यक्ति र मिडियाको परिचालन गरि हाम्रो प्राधिकरण र म माथि आपेक्ष लगाउने काम भईरहेको छ ।’
‘मैले ६० लाख भत्ता बुझेको छैन’
बिभिन्न सञ्चारमाध्यमा आफुले गैरकानूनी रुपमा ६० लाख भन्दा बढी भत्ता बुझेको भन्दै प्रकाशन भएको समाचार गलत भएको उनले दाबी गरेका छन् । ‘गैरकानुनी रुपमा मैले ६० लाख भन्दा बढी भत्ता लिएको भन्ने समाचार सत्य होईन’ घिसिङले भने, ‘मैले ६० लाख भत्ता बुझेको छैन, राम्रो गरेको भनेर सरकारले मूल्यांकन गरेर महिनाको २ लाख प्रोत्साहन रकम दिएको मात्रै हो ।’
ऊर्जा मन्त्रालयको सहसचिवको नेतृत्वमा बन्ने समितिले यस्तो मूल्यांकन गर्ने भन्दै आफूले गत वर्ष ८९ प्रतिशत नम्बर पाएको उनले बताए । ‘मैले सरकारले प्रोत्साहन स्वरुप दिएको २४ लाख र करबाहेक ६ लाख भत्ता बुझेको छु’ उनले भने, ‘ प्राधिकरणले पारदर्शितालाई पहिलो मन्त्र मानेर काम गरेको छ । तरपनि मेरो गलत कुरा प्रचार गरी व्यक्तिगत आक्षेप लगाइएको छ ।’ आफ्नोविरुद्ध खेल गर्नेहरुसँग प्राधिकरणभित्रका केही कर्मचारीको पनि मिलोमतो रहेको उनको दाबी छ । अब तलबलाई पनि भत्ता भन्दिने अवस्था अँएको भन्दै उनले दुःख व्यक्त गरे ।
सम्बन्धित खबर
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
पोखरा १५ मा स्वास्थ्य शिविर, २ सय बढी महिलाको स्वास्थ्य परीक्षण
सरकारी निकायहरूमा आधिकारिक भाषा प्रयोग, भाषिक पुनरुत्थान र भाषिक–सामाजिक न्याय विषयक गोष्ठी सम्पन्न
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु