ठेकेदारको चुनावमा जनप्रतिनिधिको लर्को, सरकारी गाडी दुरुपयोग

ठेकेदारको चुनावमा जनप्रतिनिधिको लर्को, सरकारी गाडी दुरुपयोग

thekedari

शनिबार लहानमा सम्पन्न निर्माण व्यवसायी संघको चुनावमा वडा अध्यक्षदेखि प्रदेशसभा सदस्यसम्मले मतदान गरेको पाइएको छ। मेयर, वडा अध्यक्षहरु सरकारी सवारी साधन (सेतो नन्बर प्लेट) चढेरै चुनावमा मत खसाल्न आएका थिए।

संघको चुनावी गतिविधि रिपोर्टिङको क्रममा मतदानस्थल पुगेका नेपाल पत्रकार महासंघ सिरहाका कोषाध्यक्ष मनोज बनैताले नागरिकसँगले भने, ‘जनप्रतिनिधिहरु सरकारी सवारी साधन चढेर ठेक्केदारको चुनावमा भोट खसाल्न आएको दृश्यले ठेकेदारकी जनप्रतिनिधि ठम्याउनै गाह्रो भयो।’ ठेकेदारको हैसियतमा आएको हो भने सरकारी सावारी साधन जुन उनीहरुलाई जनप्रतिनिधिको हैसियतमा प्राप्त भएको हो त्यो नचढी आएको भए हुन्थ्यो’, बनैताले भने।

शनिबार देखिएको दृश्यले ‘जनप्रतिनिधि कि ठेकेदार?’ प्रश्न उब्जाएको बताउँदै बनैताले भने, ‘सरकारी सवारीसाधन दुरुपयोगबारे प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई जानकारी गराउँदा उनले बेवास्ता गरे।’ एक त बिदाको दिन (शनिबार) त्यसमा पनि सरकारी सवारी साधन चढेर व्यक्तिगत प्रयोजनमा आउनु गलत भएको उनको भनाई छ।

शनिबार निर्माण व्यवसायी संघको निर्वाचनमा प्रदेशसभा सदस्य अशोक यादव, गोलबजार नगरपालिकाका मेयर देवनाथ साह, लहान नगरपालिकाका वडा अध्यक्षहरु कन्हैया गुप्ता, मन्टीकुमार मण्डल, राकेश गुप्ता लगायतले मतदान गरेका थिए। याे खबर आजकाे नागरिक दैनिकमा छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ