एजेन्सी –अष्ट्रेलियामा सरकारले विश्वविद्यालयका परीक्षामा चिट चोर्ने र चोराउन सहयोग गर्ने अथवा निवन्ध लेखनमा चोर्न सघाउनेहरुलाई दुई वर्षसम्म जेल र २ लाख १० हजार डलरसम्म जरिवानाको व्यवस्था गर्ने एक विधेयक ल्याउन लागेको छ । सरकारले चिट चोर्ने कार्यलाई निरुत्साहित गर्नको उक्त विधेयक ल्याउन लागेको हो ।
अष्ट्रेलियन विश्वविद्यालयहरुमा ‘कन्ट्राक्ट चिटिङ’ भनिने एक खालको चोरी व्याप्त रहेको पहिचान गरिएको छ । त्यस चोरीमा विश्वविद्यालयका विद्यार्थीहरुले आफूलाई दिइएको कार्य तथा ‘एसाइनमेन्ट’ अरुलाई पैसा दिएर गराउँछन् । विशेष गरेर विदेशमा रहेका वेबसाइटहरुमार्फत हुने यी कार्य पछिल्ला केही वर्ष व्यापक वहसको विषय बनेको छ । अष्ट्रेलियन विश्वविद्यालयहरुमा ‘कन्ट्राक्ट चिटिङ’ भनिने एक खालको चोरी व्याप्त रहेको पहिचान गरिएको छ ।
त्यस चोरीमा विश्वविद्यालयका विद्यार्थीहरुले आफूलाई दिइएको कार्य तथा ‘एसाइनमेन्ट’ अरुलाई पैसा दिएर गराउँछन् । विशेष गरेर विदेशमा रहेका वेबसाइटहरुमार्फत हुने यी कार्य पछिल्ला केही वर्ष व्यापक वहसको विषय बनेको छ । पछिल्लो एक सर्वेक्षणमा ७०% प्राज्ञहरु तिनका विद्यार्थीहरुले चिट चोर्ने अथवा चोरी सेवा दिने अनलाइनमा संलग्न रहेको आशंका गरेको पाइएको थियो ।
सम्बन्धित खबर
सरकारी निकायहरूमा आधिकारिक भाषा प्रयोग, भाषिक पुनरुत्थान र भाषिक–सामाजिक न्याय विषयक गोष्ठी सम्पन्न
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
स्वास्थ्य क्षेत्र गण्डकी सरकारको प्राथमिकता : स्वास्थ्यमन्त्री पाठक
‘मानिया’ इनर्जी ड्रिंक पिउँदा तामाङ्गले जिते ३२ इन्चको एलइडी टिभी
पोखरा -१५ मा तीज गीत प्रतियोगिता, माछापुच्छ्रे चौतारी आमा समूह पहिलो
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग