तनहुँ । तनहुँको नारिघाटमा बस र ट्रक ठोक्किँदा ट्रक चालक सहित बसमा सवार १६ जना घाइते भएका छन । शनिबार पृथ्वी राजमार्ग अन्तरगत तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं-२ नारीघाटमा बस र ट्रक ठोक्किँदा १६ जना घाइते भएका हुन् ।
आबुखैरेनीबाट डुम्रे तर्फ आउदै गरेको ना ५ ख ८१७६ नम्बरको बस र डुम्रेबाट आबुखैरेनी जादै गरेको ना ६ ख ६१६३ नम्बरको ट्रक एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परि ट्रक चालक सहित बसमा सवार १६ जना घाइते मध्य ४ जना गम्भीर घाइते भएको जिल्ला प्रहरि कार्यालय तनहुँले जनाएको छ ।
गम्भीर घाइतेलाई चितवनको भरतपुर स्थित जीएमसी लगिएको तथा अन्य घाइतेहरुको आबुखैरेनी स्थित छिम्केश्वरी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भीर घाइते हुनेहरुमा गोरखा नगरपालिका-१३ की रोजिना नेपाली, सोहि स्थानका वर्ष १७ का मनोज नेपालि, भानु नगरपालिका-१ की वर्ष २५ की अप्सरा खवास र उनका ४ वर्षीय छोरा आयुष खवास हुन् । बस, ट्रक र बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते