पोखरा। फेवातालको पानीमा पूर्ण कोलिफर्म भेटिएको छ। संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना पोखराले गरेको ल्याव परीक्षणवाट फेवातालको पानीमा दिसाको मात्रा पाइएको छ । पूर्ण कोलिफर्म र इकोलीको मात्रा देखिएकोले मानिस र गाइवस्तुले तालको पानी पिउन नमिल्ने पानी परीक्षणवाट खुलेको हो ।
‘फिजिकल, केमिकल र माईक्रो बायोलोजिकल प्यारामिटर हामीले अध्ययन गर्छौं । केमिकल र फिजिकल रुपमा ठीकै छ तर बायोलोजिकल हिसावले तालको पानी दुषित देखियो, आयोजनाका एसिस्टेन्स केमिष्ट सुनिल चौधरीले भने–बुझ्ने भाषामा भन्दा यो पानी पिउन मिल्दैन । माछाका लागि समेत यो पानी हानीकारक छ । पौडिनको लागि भने खासै समस्या छैन ।’ पोखराबाट प्रकाशित आदर्श समाज दैनिकले छापेको छ ।
अप्रिल २७ तारिखमा हुने एशियन कप ट्रायथोलन र साउथ एशिएन च्याम्पियनसीप ट्रायथोलनलाई मध्येनजर गरेर फेवातालको पानीको ल्याव टेष्ट गरिएको हो । १० दिनअघि फेवातालको बीचबाट पानी निकालेर ल्यावमा टेष्ट गरिएको चौधरीले जानकारी दिए ।
‘पानीको कडापन र अरु कुरामा समस्या छैन । स्विमिङका लागि उपयुक्त नै छ, उनले भने–तर पानी निल्नु हुँदैन । पानीमा दिशाका कणहरु भरिएको छ ।’ अघिल्लो बर्षभन्दा केही शुद्ध पानी भएकोले प्रतियोगितामा असर नगर्ने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल बताउँछन् । ‘रिपोर्ट पोजिटिभ नै छ । यसले हामी उत्साही छौं, उनले भने–तर शुद्धिकरण भने पुगेको छैन । सरोकारवालाले सोच्ने बेला आएको छ ।’ अघिल्लो बर्षदेखि फेवातालको पानी टेष्ट गर्न थालिएको हो ।
जापानीज सहयोग नियोग जाईकाले तालको पानी पिउन अयोग्य रहेको रिपोर्ट धेरै बर्षअघि नै निकालेको हो । तर यसको शुद्धीकरणमा कुनै निकायको चासो पुगेको छैन । अघिल्लो बर्षभन्दा अहिलेको रिपोर्टले पानी केही शुद्ध देखाएको छ । सामान्यतः पानीमा ६.५ देखि ८.५ सम्मको क्षार हुनुपर्ने प्राविधिकहरु बताउँछन् । अघिल्लो बर्ष ८.७ रहेकोमा यो बर्ष ८.१ पिएच क्षार देखिएको छ । पानीमा धमिलोको मात्रा पनि सामान्य भन्दा निकै धेरै रहेको प्राविधिक चौधरीले जानकारी दिए । सही ब्यवस्थापन र निरीक्षण नभएका कारण लामो समयदेखि सर्वसाधारणको घरबाट निस्किने ढल सीधै फेवातालमा मिसिँदै आएको छ ।
पोखरा महानगरपालिकाले बर्षेनी ढल निकासको अनुगमन गरेपनि त्यसको सही निकास निकाल्न भने सकेको छैन। सेती नहरको पानी समेत सोझै फेवातालमा मिसिन्छ । पोखरा महानगरका मेयर मानबहादुर जिसी अर्को बर्षदेखि यो समस्या नआउने बताउँछन् । ‘फेवातालमा मिसिने सबै ढल डाइभर्सन गर्ने जिम्मा हाम्रो छ । यसका लागि मास्टर प्लान बनाईरहेका छौं, उनले भने–जेठभित्र डिपिआर गर्न सके आउँदो आर्थिक बर्षदेखि धमाधम काम थाल्छौं ।’
ढल डाइभर्सन र सिल्ट्रेसनको काम सँगसँगै गर्ने तयारीमा रहेको उनले सुनाए । ढल ब्यवस्थापन गर्न ६ अर्व लागत लाग्ने प्रारम्भिक अनुमान छ । त्यसमध्ये १५ प्रतिशत महानगरले ब्यहोर्ने छ भने बाँकी रकम ढल विभागले लगानी गर्नेछ । पोखराको बीचबाट बग्ने फिर्केखोला र बुलौंदी खोला फेवाताल प्रदुषणको मुख्य कारक हो । फेवाताल शुद्धिकरणका लागि यी दुवै खोला किनारबाट अबैध बस्ती हटाउनुपर्ने सुझाव विज्ञहरुले दिएका छन् ।
सम्बन्धित खबर
भूमि समस्या समाधान आयोग कास्कीकाे अध्यक्षमा बैनबहादुर गुरुङ
आहा ! रारामा प्रत्येक दिन १ दर्शकलाई ५ हजार पुरस्कार
पोखरामा मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चनको तयारी
वडास्तरीय महिला सीप विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न
प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते
पाँचौं टाइगर कप भलिबल प्रतियोगिता संयोजकमा ज्ञवाली
यो पनि पढौँ
पोखरामा सेती ड्यामबाट खसेर डब्लूआरसी पढ्ने २१ वर्षीय संगमको मृत्यु
अमेरिकामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु
पोखरामा स्काई डाइभिङ सुरू, नेपाली प्रशिक्षकले नै गराउने
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत