रञ्जन अधिकारी पोखरा, २३ कार्तिक / पोखराको लामाचौरमा बसको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ ।
विहीबार साँझ ६ बजे पोखरा माईक्रोबसले ईलेक्ट्रिक स्कुटरलाई ठक्कर दिँदा पोखरा लेखनाथ १९ लामाचौर निवासी राम भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।
बगरदेखि लामाचौरतर्फ गईरहेको ग १ ख ६४५४ नम्बरको बसले स्कुटरमा सवार भण्डारीलाई ठक्कर दिएको हो । स्कुटर बस मुनी पसेको थियो भने भण्डारीको टाउको क्षतविक्षत भएको छ । ४८ वर्षीय भण्डारीको शरीर नै टायरले किचेको थियो ।
भण्डारीको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । बस चालक र बस प्रहरी नियन्त्रणमा रहेको छ ।
पोखरामा दिनहुँ जसो सवारी दुर्घटना हुन थालेको छ । बुधबार मात्रै मध्यान्ह मालेपाटनमा दुई मोटरसाईकल ठक्कर खाँदा घाईते महिलालाई हेलिकोप्टर नै चार्टड गरी काठमाण्डौ लगिएको थियो भने बेलुकी ७ बजे अमरसिंहचोकमा कार र मोटरसाईकल ठक्कर खाँदा मोटरसाईकल चालक गम्भिर घाईते भ एभने कारमा सवार दुई जना पनि घाईते भएका थिए ।
सम्बन्धित खबर
धादिङ-पोखरा सम्पर्क समाजमा पहिलाे पटक महिला नेतृत्व
सामाजिक एकता समृद्ध राष्ट्रको आधारः प्रदेश प्रमुख भट्ट
साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषमा मंकीपक्स पुष्टि
९० जनाले गरे रक्तदान, ४१ जना कर्मचारीहरुलाई दीर्घ सेवा पदक
न्यायधिश नियुक्तिमा पारर्दिशता हुनुपर्नेमा कानुनविद्हरुको जोड
पोखरामा घन्किदै बर्तिका एम राई र युगल गुरुङ
यो पनि पढौँ
घान्द्रुक जीप दुर्घटना: मृतक र घाइतेको सनाखत, टुकुचेकी एक वृद्धाको मृत्यु [अपडेट]
पेट्रोल छर्किएर घाइते बनाइएका मादीका गुरुङको काठमाण्डौमा निधन
पोखरा बुढीबजारमा टिप्परले ठक्कर दिँदा बागमाराका युवकको मृत्यु
पोखराको लामेआहालमा बसले ठक्कर दिँदा स्कुटरमा सवार डम्बरको मृत्यु