चितवन । भरतपुरमा एकै परिवारका दुई छोराछोरी सहित आमा झुन्डिएको अवस्थामा फेला परेका छन् । भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरी एकै ठाउँमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
घर भित्रै एकै ठाएमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १४ वर्षीया छोरी विनिता मगर र अन्दाजी १२ वर्षीय छोरा विवेक मगरको शव झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।
छिमेकीका अनुसार मृतकका श्रीमान् नरबहादुर आलेमगर नेपाली आर्मीमा काठमाडौंमा कार्यरत छन् । उनीहरूको हत्या या आत्महत्या के हो भन्ने खुलेको छैन । शव सबैको घाँटीमो पासो लगाएको तर खाटमा खुट्टा टेकिएको अवस्थामा छ । उनीहरुको शव परीक्षणका भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीको भनाई छ
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम