माओवादीले थापेको विद्युतीय धरापमा परी चार सैनिकको मृत्यु

माओवादीले थापेको विद्युतीय धरापमा परी चार सैनिकको मृत्यु

Maoist_India

छत्तिसगढ । भारतीय माओवादी विद्रोहीहरुले थापेको विद्युतीय धरापमा परी छत्तिसगढमा कम्तीमा चार सैनिकको मृत्यु भएको छ । आम निर्वाचन अन्तर्गत मतदानको दिन आउन झण्डै एक हप्ता बाँकी रहँदा माओवादीले थापेको धरापमा परी गस्तीमा रहेका सैनिकहरु मारिएका हुन् ।

छत्तिसगढ प्रदेशको कान्केर जिल्लामा पैदल गस्तीमा रहेका बेला उनीहरुमाथि आक्रमण भएको अधिकारीहरुले जनाएका छन् । आक्रमणमा परी अरु ६ जना घाइते भएका छन् ।  घटना भएको ठाउँ निकै दुर्गम भएकाले थप विवरणहरु आउन बाँकी रहेको प्रदेश प्रहरी प्रमुख डि एम अवस्थीले बताए ।

भारतमा सरकारी सुरक्षाकर्मी र माओवादी विद्रोहीहरुबीच दशकौंदेखि द्वन्द्व भइरहेको छ । यही द्वन्द्वबीच भारतमा यही अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा देशभरी आम निर्वाचन हुन लागेको छ । माओवादी विद्रोहीहरुले अहिले हुन लागेको निर्वाचन बहिस्कार गर्न आह्वान गरेका छन् । उनीहरुले मतदानका दिन थप हिंसा भड्किन सक्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ