तनहुँ । तनहुँको खैरेनिटारमा तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाई र शुक्ला गण्डकी नगरपालिकाको आयोजनामा ११औं खैरेनिटार महोत्सव चैत २२ गतेदेखि सुरु हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गरि चैत २२ गते देखि वैशाख ३ गते सम्म महोत्सव हुने आयोजकले जनाएको छ ।
“आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन खैरेनिटार महोत्सव कला, सिप र संस्कृतिको संरक्षण” भन्ने मुल नाराका साथ महोत्सव आयोजन ग्रण लगिएको आयोजकले जनाएको छ ।
तनहुँ उद्योग वाणिज्य संघ खैरेनिटार बजार इकाईका सभापति पुर्ण बहादुर कायस्थको अध्यक्षतामा उक्त पत्रकार सम्मेलन भएको थियो । कार्यक्रमको प्रमुख अतिथि तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ रहेका थिए । सो अवसरमा श्रेष्ठले संस्कृति र संस्कारको संरक्षण गर्न महोत्सव आवश्यक रहेको बताए ।
स्थानीय उत्पादन लाई बजारिकरण गर्न समेत महोत्सवले सहयोग पुर्याउने उनले बताए । महोत्सवमा खेलकुद प्रतियोगिता हुने जसमा भलिबल प्रतियोगिता, खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने महोत्सवका प्रवक्ता हरि बहादुर थापाले बताए । प्रदेश स्तरीय गायन प्रतियोगिता समेत हुने थापाले बताए ।
रतौली नाच समेत जगेर्ना गर्ने उद्देश्यले रतौली समेत हुने आयोजकले जनाएको छ । सास्कृतिक संगै युवाका लागि कन्सर्ट समेत हुने आयोजकले जनाएको छ । महोत्सव मार्फत पर्यटकीय स्थान लाई प्रचार गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा सर्पको प्रकार र सचेतना संगै डढेलो न्युनिकरण सम्बन्धि सचेतना कार्यक्रम गरिने प्रवक्ता थापाले बताए । कृषि लाई विशेष प्राथमिकतामा राखिएको र स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत महोत्सवले सहयोग पुर्याउने आयोजकले जनाएको छ ।
महोत्सवमा ४ करोड ७५ लाखको आर्थिक कारोबार हुने र २ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको भनाई रहेको छ । महोत्सवको फाइदा रकमले सामाजिक विकास कोष स्थापना गर्ने र सामाजिक क्षेत्रमा अझै सक्रिय भएर काम गर्ने महोत्सवका प्रवक्ता थापाले बताए ।
महोत्सवमा २२५ विभिन्न स्टलहरु रहने आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा सुरक्षा व्यवस्था एकदम कडा हुने र दर्शक ढुक्क भएर महोत्सव अवलोकन गर्न आउन आयोजकले आग्रह गरेका छ्न ।
स्थानीय व्यापारी लाई स्टलमा ५० प्रतिशत छुट दिइएको महोत्सवका प्रवक्ता हरि थापाले जानकारी दिए । दर्शक सहित महोत्सवको इन्स्योरेन्स गरिएको आयोजकले जनाएको छ ।
This will close in 3 seconds
सम्बन्धित खबर
घाँसीकुवामा फेरि पहिरो खस्यो, पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन
मुग्लिन–पोखरा पश्चिम खण्डमा २० किमी दुई लेनको सडक कालोपत्रे पूरा
तनहुँमा गुडिरहेका ६ वटा गाडी ठोक्किए, ४ जना घाइते
छाब्दीबाराही मन्दिरको पुनर्निर्माण
आँबुखैरेनी-मुग्लिन सडकखण्ड सोमबार साढे ३ घण्टा बन्द हुने
मर्स्याङ्दीमा खसेको बसमा भारतीय नागरिक मात्रै सवार
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग