प्रदेश नं. २ मा आउट भएका एसइइको प्रश्नपत्र जम्मा एक हजार रुपैयामा बिक्री गरिएको अनुसन्धानबाट पत्ता लागेको छ । चोरीमा प्रश्न पत्र कै सुरक्षार्थ खटिएका प्रहरी सहित शिक्षक गरी जम्मा ६ जना संलग्न भएको पुष्टी भएको छ ।
केन्द्रिय अनुसन्धान ब्यूरो सिआइबी र प्रदेश नम्बर २ प्रहरी कार्यालयले विहीबार सप्तरी जिल्लामा पत्रकार सम्मेलन गरेर प्रश्न पत्र चोरी गर्ने गिरोहलाई सार्बजनिक गरेको छ । प्रश्न पत्र चोर्ने कार्यमा संलग्न दुई जना प्रहरी सहित ६ जना नै प्रहरी नियन्त्रणमा छन् । उनीहरुले अपराध स्विकार गरिसकेका छन् ।
पक्राउ पर्ने प्रहरी सप्तरी राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल छन् । उनीहरु सिरहाको इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत् जवान थिए । इप्रका, कल्याणपुरमा जनता मावि बनिया र रादु मावि कल्याणपुरको प्रश्नपत्र राखिएको थियो । त्यही प्रश्नपत्रको सुरक्षाका लागि बसेका प्रहरीले प्रश्नपत्र निकालेर फोटो खिचेका हुन । पक्राउ पर्ने अन्यमा विष्णुदेव यादव, शिक्षक मनोज यादव, राजेश यादव र उमेश यादव छन् ।
प्रहरीका अनुसार विज्ञान र सामाजिक विषयको प्रश्नपत्र ब्रम्हदेव सुनरैतमार्फत चुहिएको हो । उनले प्रश्नपत्र राखिएको स्थानबाट निकालेर फोटो खिची विष्णुदेव यादवलाई पठाएका थिए । यादवले पहिले मनोजलाई सामाजिक सञ्जालमार्फत प्रश्नपत्रको फोटो पठाएका थिए । र, मनोजबाट उमेश हुँदै अन्य व्यक्तिसम्म प्रश्नपत्र पुगेको थियो । प्रश्नपत्र एक हजार रुपैया देखि चार हजार रुपैयासम्म बिक्री गरिएको अभियुक्तहरुले प्रहरीलाई बताएका छन् ।
खरिद गर्ने मध्ये एक जनाले सामाजिक सञ्जालमा प्रश्नपत्र अपलोड गरेपछि यो प्रकरण सार्वजनिक भएको थियो । लगातार दुई वटा विषयको प्रश्नपत्र परीक्षा अगावै प्रश्नपत्र सार्वजनिक भएपछि शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले १५ चैतमा साँझ पत्रकार सम्मेलन गरेर परीक्षा स्थगित भएको घोषणा गरेका थिए । स्थागित परीक्षा शुक्रबारदेखि सुरु हुँदैछ ।
सम्बन्धित खबर
प्रहरी ब्यारेकमै महिला प्रहरी झुण्डिएको अवस्थामा मृत फेला
दुई भारतीय लागुऔषध कारोबारीमाथि गोली प्रहार, एक घाइते
बदली, वर्षा र हिमपातको सम्भावना
बदली र हिमपातको सम्भावना
अस्पताल पिच्छे बिरामीले रिपोर्ट बोक्न नपर्ने निर्देशिका पारित
ज्वाइँसँगको अवैध सम्बन्धका कारण ६९ वर्षका प्रेमीको हत्या
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा