काठमाडौं । स्वतन्त्र मधेस अभियानका मुख्य नेतृत्वकर्ताबाट हालै मुलधारको राजनीतिमा आएका सीके राउतले प्रदेश नम्बर दुई सरकारको कडा आलोचना गरेका छन् । सरकारसँग सहमति गरेर मुलधारको राजनीतिमा आएका सीके राउतले प्रदेश दुईका मुख्य मन्त्री लालबाबु राउतलाई केन्द्रित गरेर कडा आलोचना गरेका हुन् ।
आइतबार बेलुका अचानक प्रदेश २ को बारा र पर्सा जिल्लामा आएको हावाहुरीका कारण प्रभावितलाई राहत दिन नसकेको भन्दै उनले मुख्य मन्त्री राउत नेतृत्व प्रदेश सरकार भ्रष्ट रहेको टिप्पणी गरेका छन् । उनले हावाहुरीका कारण घरबारविहिन भएकाहरुलाई खानासमेत खुवान नसकेको भन्दै सबैकाम केन्द्र सरकारले मात्रै गर्नु पर्ने भए प्रदेश सरकार के का लागि भन्ने प्रश्न गरेका छन् । प्रदेश सरकारले बाहना गर्दै हावाहुरी पीडितहरुलाई राहत नदिएको आरोप सीके राउतको छ । केन्द्र सरकारलाई दोष लगाएर प्रदेश सरकारले आफ्नो असक्षमता र भ्रष्टाचार लुकाउन खोजेको जनाएका छन् ।
मुख्यमंत्रीले विदेशीलाई ३६ व्यञ्जन खुवाउन एकैदिन ७३ लाख खर्च गर्दा केन्द्र बाधा भएन। भोजभतेर मैं ४ करोड स्वाहा गर्दा केन्द्र बाधा भएन। जनतासँग छाला काढे सरी कर बढाएर उठाएको करौडौं रुपैयाँ पोखरी र मंदिर सौन्दर्यीकरणको नाममा आफ्ना लठैत पाल्न खर्च गर्दा केन्द्र बाधा भएन। तर अहिले भोक-भोकै घरबारविहिन भएर बिचल्ली परेका बाराका हुरी पीडित जनताहरुलाई १०-२० दिन सामूहिक रुपमा मेस संचालन गरेर दाल-भात खुवाउन मुख्यमंत्रीलाई केन्द्र बाधा भयो ?
सम्बन्धित खबर
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
पोखरा १५ मा स्वास्थ्य शिविर, २ सय बढी महिलाको स्वास्थ्य परीक्षण
सरकारी निकायहरूमा आधिकारिक भाषा प्रयोग, भाषिक पुनरुत्थान र भाषिक–सामाजिक न्याय विषयक गोष्ठी सम्पन्न
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु