निगमको लापरबाहीः एक सय ७० यात्रु ८ घण्टा विमानभित्रै

निगमको लापरबाहीः एक सय ७० यात्रु ८ घण्टा विमानभित्रै

airpot

२ सय ७४ यात्रु बोकेर मंगलबार राति दुबई उड्नुपर्ने नेपाल वायुसेवा निगमको विमान व्यवस्थापकीय लापरबाहीका कारण ११ घण्टा पछि बुधबार विहान मात्रै उड्यो । जहाज बेलैमा नउडाउँदा १ सय ५० भन्दा बढी यात्रु ८ घण्टासम्म पार्किङवेमा राखिएको विमानभित्रै बस्न बाध्य भए।

जहाज नउड्ने भएपछि यात्रुलाई निकाल्न निगमका कर्मचारीलाई हम्मेहम्मे परेको थियो। यो खबर आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन्।  विमानस्थल प्रहरीका अनुसार यात्रुले निगमविरुद्ध नारावाजी गरेका थिए । केहीले जहाजमा राखेको मिल (खाना) आफैँ निकालेर खाए। उडानमा अधिकांश नेपाली कामदार थिए।

निगम श्रोतका अनुसार विमानको उडान समय सवा ९ बजे थियो। तर उडेन। एयर ट्राफिक कन्ट्रोलर (एटिसी)ले नियमले नमिल्ने भएकाले राती १० बजेपछि अनुमति दिएन । चैत १८ देखि विमानस्थल सुधारको निर्माण कार्य सुरु भइसकेकाले राती १० बजेदेखि बिहान ८ बजेसम्म विमान उडानमा रोक लगाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds