बाँदर नियन्त्रण गर्न ११ सदस्यीय समिति गठन

बाँदर नियन्त्रण गर्न ११ सदस्यीय समिति गठन

monkey

दमौली ।  तनहुँको देवघाटमा बाँदरले सर्वसाधारणलाई दुःख दिन थालेपछि बाँदर नियन्त्रणका लागि समिति गठन गरिएको छ । देवघाट क्षेत्र विकास समितिले आज आयोजना गरेको भेलाले समितिका सदस्य किरण सुवेदीको अध्यक्षतामा ११ सदस्यीय बाँदर व्यवस्थापन समिति गठन गरिएको हो । समितिमा भरतपुर महानगरपालिका–१ र देवघाट गाउँपालिका–४ का अध्यक्षसमेत सदस्य रहेका छन् ।

समितिले गाउँपालिका, स्थानीय प्रशासन, स्थानीय बासिन्दा, व्यवसायी, तीर्थयात्री लगायतसँग छलफल गरी बाँदरलाई नियन्त्रण गर्ने उपायबारे क्षेत्र विकास समितिलाई सुझाव दिनेछ ।

देवघाटमा बाँदरले घरभित्र पसी खानेकुरा नष्ट गर्ने, कपडा च्यात्ने, आफूसँगै लैजाने, तीर्थयात्रीलाई टोक्ने, बारीको अन्नबाली नष्ट गर्ने लगायतको दुःख दिँदै आएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ