‘मिटरमा जाम्’ भन्दा पत्रकारलाई हातपात गर्ने ट्याक्सी चालक अनिल गुरुङ प्रहरी हिरासतमा

‘मिटरमा जाम्’ भन्दा पत्रकारलाई हातपात गर्ने ट्याक्सी चालक अनिल गुरुङ प्रहरी हिरासतमा

taxi

तस्विरः समाधान

पोखरा ।  पोखरामा संचालन हुने ट्याक्सी अनिर्वाय रुपमा मिटरमा संचालन हुने पटक पटक सहमति भएपनि अहिलेसम्म लागू भने भएको छैन । कतिले मिटरमा हिँडेर पनि पैसा थपेर दिने गरेका छन्, कति मिटरमा जान नमान्दा भनेबमोजिम पैसा दिँदै ट्याक्सी चढेका छन् । २०६९ सालदेखि भाडामा बृद्धि नभएकाले भाडा समायोजन नभएसम्म मिटरमा हिँड्न सक्दैनौं भन्ने ट्याक्सी चालकको भनाई पनि नाजायज भने होइन । तर, यात्रुलाई नै दुव्र्यवहार गर्ने, हातपात गर्ने, दादागिरी देखाउने समेत काम भएका छन् ।

पोखरामा मंगलबार दिउँसो एक पत्रकार ट्याक्सीचालक बाट झण्डै कुटिए । चितवनबाट पृथ्वीचोक झरेलगत्तै यात्रुकै रुपमा ट्याक्सी चढ्न लागेका उनले नदिपुरसम्म ट्याक्सीमा मिटरमा जान भने । तर, मिटरमा जान मानेनन् । त्यहाँका सबै ट्याक्सीचालक तत्काल जम्मा भए र दुव्र्यवहार गर्न थाले । बरालको टिसर्टमा समातेर ‘तेरो टिसर्टमा तँ कति ठगिएको छ थाहा छ तलाईं ? आफै कार किनेर चला’ भन्दै हातपात गरी दुव्र्यवहार गरे । अहिले ति चालक अनिल गुरुङ प्रहरी हिरासतमा छन् ।

बरालले तत्काल प्रहरीलाई ग १ ज ४२२०, ग १ ज ५१८४ नम्बरको ट्याक्सी चालकलाई कारबाही गर्न उजुरी गरे ।  पत्रकार बराल नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव हुन् । गुरुङलाई वडा प्रहरी कार्यालय बैदामको हिरासतमा राखिएको छ । एसपी ओम रानाले तत्काल एक्सनमा जान निर्देशन बमोजिम ट्राफिक प्रहरी प्रमुख मुरारी मिश्रले सादा पोशाकमा प्रहरी खटाई मिटरमा जान नमान्ने ३१ ट्याक्सी चार घण्टाकै अवधिमा कारबाहीको दायरामा ल्याएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds