प्रतिनिधि सभामा अवसर थियो, आफ्नो क्षेत्रमा केहि गर्न प्रदेशमै बसेँः किरण गुरुङ

प्रतिनिधि सभामा अवसर थियो, आफ्नो क्षेत्रमा केहि गर्न प्रदेशमै बसेँः किरण गुरुङ

Kiran (2)

पोखरा, २३ कात्तिक / नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले प्रतिनिधि सभा सदस्यका लागि आफूलाई अवसर भए पनि प्रदेसमा मुख्य भूमिका निभाउन प्रदेशतर्फ चुनाव लड्न लागेकोे स्पष्ट पारेका छन ।

गुरुङले प्रदेश नं. ४ मा पार्टीको सरकार बने पाँच वर्ष भित्र प्रदेशका हरेक क्षेत्रमा शुद्ध पिउने पानी तथा निःशुल्क स्वास्थ्य सेवाको पहुँच पुर्याउने उनले बताए । एमाले प्रदेश नम्बर ४ का संयोजक रहेका गुरुङले गृहजिल्ला तनहुँमा स्थानीय सडकहरुको स्तरोन्नती गर्ने योजना रहेको बताए । श्रृंगपथको विस्तार, भिमकाली सडक तथा कृष्ण मार्गलाई स्तरोन्नती गर्ने उनले बताए । शत प्रतिशत साक्षरता प्रतिशत पु¥याउने समेत उनले बताए ।

गुरुङले आसन्न निर्वाचनमा वाम गठबन्धनले पूर्ण बहुमत ल्याउने दाबी गरेका छन्।

मुख्यमन्त्रीको लागि मेरो उम्मेद्बारी

गुरुङले आसन्न निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने दावी गरेका छन । एमालेका प्रदेश नम्वर ४ का संयोजक रहेका गुरुङले आफू मुख्यमन्त्री बन्न प्रदेशसभामा उम्मेदवारी दिएको बताए।

गुरुङ २०४८ सालको आम निर्वाचनमा तनहुँ क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभामा निवर्वाचित भएका थिए । २०४९ सालमा एमालेको पाँचौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा निवार्चित भएपछि उनी निरन्तर केन्द्रीय कमिटीमा छन् नवौं महाधिवेशनपछि स्थायी कमिटीमा छन् ।

२०६४ सालको संविधानसभा निर्वाचनमा तनहुँ ३ बाट निर्वाचित उनी चुनावपछि बनेको प्रचण्ड सरकारमा वनमन्त्री भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds