गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा १३ स्थित कमलपोखरी जुनियर क्लबको आयोजनामा दोस्रो सेभेन ए साइड फुटबल प्रतियोगिता यही चैत २६ गतेदेखि आयोजना हुँदैछ । चैत ३० गतेसम्म स्थानीय माछापोखरी फुटबल मैदानमा प्रतियोगिता संचालन गर्न लागेको हो ।
प्रतियोगितामा सहभागी हुन ईच्छुक टीमले यहि चैत्र २० गतेदेखि २४ गतेसम्म आयोजक क्लबसँग सम्पर्क गरी टीम दर्ता गराउन अनुरोध गरिएको छ । खेलाडी १९ वर्ष मुनिको हुनुपर्नेछ । टीम दर्ताका लागि चार हजार पाँच सय रुपैँया तोकिएको क्लबका अध्यक्ष विधान रेग्मीले जानकारी दिए ।
खेलमा प्रथम हुने टिमलाई नगद ४२ हजार २ सय २२ रुपैँया र दोस्रो हुनेलाई २२ हजार २ सय २२ रुपैँया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने सचिव खुमबहादुर गुरुङले जनाए ।
प्रतियोगितामा बेस्ट किपर, बेस्ट प्लेयर, म्यान अफ दि म्याच, बेस्ट डिफेन्स, बेस्ट स्ट्राइकर र बेस्ट हाइस्कोरर लाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि थप जानकारीका लागि ९८१५१७७९३२ वा ९८१६१५६२२८ मा सम्पर्क गर्न खेल संयोजक लक्ष्मण गुरुङले जानकारी दिए ।
सम्बन्धित खबर
गण्डकी प्रदेश जिम्न्याष्टिक संघमा योगेन्द्र, कास्कीमा सोम
पोखरामा हुने प्रथम पर्वतीय दौडमा सहभागी हुने खेलाडीहरुले अनलाइनबाटै दर्ता गर्न सक्ने
पोखरा थण्डर्सलाई फुटसलको उपाधि
एमसीएल सिजन–३ का लागि खेलाडीहरुको मोलमोलाई : ५ सय देखि १० हजार सम्मको बोली
रोनाल्डो बने सामाजिक सञ्जालमा एक अर्ब फलोअर्स पाउने पहिलो व्यक्ति
पोखरा क्लिक डटकमले पुम्दीभुम्दीमा ‘प्रथम पर्वतीय दौड’ गर्दै
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग