स्कुटर चालकलाई घरमै बोलाएर पूर्वप्रधानमन्त्री चन्दले माफि मागे

स्कुटर चालकलाई घरमै बोलाएर पूर्वप्रधानमन्त्री चन्दले माफि मागे

car_laVDU2DliU

भीआइपीको पछुवा गाडीले ठक्कर दिएपछि शीर्षकमा पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको गाडीले शुक्रवार बानेश्वरमा स्कुटरलाई ठक्कर दिएको समाचार छापेको छ ।

चार तस्वीर सहित नागरिकले छापेको समाचारमा लेखिएको छ,‘पूर्वप्रधानमन्त्री चन्दले आफ्नो सुरक्षामा खटिएको पछुवा गाडीले ठक्कर दिएका स्कुटर चालक सन्तोष कुँवर र उनकी पत्नीलाई लोकन्थलीस्थित निवासमा बोलाएर घटनाप्रति दुःख व्यक्त गरेका छन् । चन्दले शनिवार अपराह्न ५ बजेतिर स्कुटर चालकलाई आफ्नै निवासमा बोलाएर गल्ती भएको र माफीमागेको कुँवरले बताए ।

पूर्व प्रधानमन्त्री चन्दले केही भएको भए उपचार गर्छु भनेर आफूलाई भनेको कुँवरले बताएको भन्दै नागरिकले छापेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds