जस्ले १६ बर्षकै उमेरमा आफ्नै बाबुको गर्भ बोकेर बच्चा जन्माइन

जस्ले १६ बर्षकै उमेरमा आफ्नै बाबुको गर्भ बोकेर बच्चा जन्माइन

mother-child-

सांकेतीक चित्र

छोरी बलात्कार गरी गर्भवती बनाएका एक व्यक्तिलाई जिल्ला अदालत धनकुटाले जन्मकैद सुनाएको छ ।न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बिहीबार यस्तो फैसला गरेको हो । क्षतिपूर्तिबापत ५० हजार रुपैयाँ भराउनेसमेत फैसला भनिएको छ।

चौबिसे गाउँपालिकाका ती व्यक्तिले ८ महिनादेखि छोरीलाई बलात्कार गरी गर्भवती बनाएपछि घटना सार्वजनिक भएको थियो । प्रहरीले अनुसन्धानपछि मुद्दा दायर गरेको थियो । गत साउनदेखि बाबुले डर देखाएर बलात्कार गर्दै आएको किशोरीले बताइन् । यो खबर आजको कान्तिपुरले छापेको छ।

पटकपटक बलात्कार सिकार भएकी १६ वर्षीया किशोरी ८ महिनाकी गर्भवती भएपछि विद्यालयमा सोधपुछ गर्दा घटना खुलेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds