लगानी सम्मेलनमा उपहार लिन बोलाउँदा उद्योगमन्त्री मातृका यादव आसनबाट उठ्दैउठेनन्

लगानी सम्मेलनमा उपहार लिन बोलाउँदा उद्योगमन्त्री मातृका यादव आसनबाट उठ्दैउठेनन्

Matrika-Yadav

काठमाडौं  । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले लगानी सम्मेलनमा आयोजकले दिएको उपहार लिन अस्वीकार गरेका छन् । राजधानी दैनिकमा खबर छापिएको छ ।  शुक्रबारदेखि सुरु भएको सम्मेलनको उद्योगसम्बन्धी सत्रको सभाध्यक्षसमेत गरिरहेका मन्त्री यादवले सत्रको समापनपछि दिइएको उपहार अस्वीकार गरेका हुन् ।

आयोजकका तर्फबाट सत्रमा सभाध्यक्ष, सहजकर्ता तथा सबै वक्ताहरूलाई उपहार (मायाको चिनो) हस्तान्तरण गर्ने कार्यक्रम थियो । तर, मन्त्री यादवले उपहार नलिने भन्दै आसनबाट उठ्न चाहेनन् । उपहार लिन अस्वीकार गरेपछि आयोजकका तर्फबाट उपहार लिएर गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्ट मन्त्रीको आसननजिकै पुगेर आग्रह गरे पनि उनले लिन मानेनन्

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ