मोल हेरर दूधमा पानी !

मोल हेरर दूधमा पानी !

milk

नेपालगञ्ज  – त्रिभुवन चोकदेखि उत्तर ( पश्चिममा एकाबिहानै साइकलका चाङ लाग्छ । सबै साइकलमा दूधका थरीथरीका भाँडा हुन्छन् । किन्नेहरु घरबाटै भाँडो बोकेर आउँछन् । मंगलबार बिहान साढे ६ बजे त्रिभुवन चोकमा भेटिएका जानकी ३ बञ्जारेगाउँका बाशा बर्माले भने, ‘३० देखि ६० रुपैयाँसम्मको दूध बेच्छु ।’

एउटै व्यक्तिसँग दोब्बर मोलको कस्तो दूध हो ? जिज्ञासामा उनले भने, ‘३० रुपैयाँ लिटरमा आधा दूध आधा पानी । ४० रुपैयाँ लिटरमा दुई हिस्सा दूध र एक हिस्सा पानी । ५० रुपैयाँमा डेढ हिस्सा दूध, आधा पानी हुन्छ । जति मूल्य बढ्दै जान्छ । दूधमा पानीको मात्रा कम हुँदै जान्छ ।’

बर्माले यसो भनिरहँदा चोकमा साइकलमा पसल थापेर बसेका एक दर्जनको हाराहारीमा दूध पसलेले हँमा हँ मिलाइरहेका थिए । मानौँ उनीहरुलाई यसरी नै दूध बेच्न आनन्द आइरहेको छ । यो समाचार शंकरप्रसाद खनालले अन्नपूर्णमा लेखेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ