पोखरामा अब ‘मापसे’ मात्र होईन ‘गाँपसे’ पनि जाँच, २ वर्ष अगाडि खाएको पनि थाहा हुने

पोखरामा अब ‘मापसे’ मात्र होईन ‘गाँपसे’ पनि जाँच, २ वर्ष अगाडि खाएको पनि थाहा हुने

lagupadhartha (3)

पोखरा । अहिलेसम्म प्रहरीले चालकले सवारी चलाउने क्रममा मादक पद्धार्थ सेवन (मापसे) गरेका छन् कि छैनन् ? जाँच्ने गर्थे । अब भने गाँजा सेवन गरे नगरेको पनि जाँच गरिने भएको छ । चालकले मुख आँ गरेर श्वास फेरे पुग्नेमा गाँजा सेवन गरेको शंका लागेमा प्रहरीले पिशाव नै फेर्न लगाउनेछ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पोखरामा प्रहरीले पोखराको डाँडाको नाकमा बिहीबार लागुपदार्थ सेवन चेक गरेको हो । बिहिबार जम्मा १९ सवारी चालकलाई चेक गर्दा त्यसमध्य पाँच जनाले लागुपर्दार्थ सेवन गरेर सवारी चलाएको भेटिएका थिए । चेकिङबाट लागुपद्धार्थ सेवन गरेको पुष्टी भएका सबैलाई कानुनानुसार कारवाही गरिने प्रहरीले जनाएको छ ।

२ वर्ष अगाडि गाँजा खाएको पनि देखिने !

नयाँ प्रबिधि ल्याएसँगै अब सवारी चालकले दुई बर्ष अघि गाँजा खाएको समेत पत्ता लाग्ने भएको छ । बिगतका समयमा सवारी चालकको श्वास चेक गरेर मापसे गरे नगरेको पुष्टि गर्ने प्रहरीले अब चालकको पिशाव चेक गरेर दुई बर्ष अघि गाँजा खाएको कुरा समेत पत्ता लगाउने भएको हो ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पोखरामा प्रहरीले पोखराको डाँडाको नाकमा गरेको चेकिङमा पनि केहि चालकले ४-५ दिन अगाडी गाँजा खाएको प्रहरीले पत्ता लगाएको थियो । केहि समय अघि गाँजा सेवन गरेका सबैलाई तारेखमा छाडिएको प्रहरीले जनाएको छ । कुनै ब्यक्ति १-२ वर्ष अघि लागुपदार्थको प्रयोगकर्ता भएपनि प्रहरीले ल्याएको किटले सजिलै जानकारी दिन्छ ।

कुनै व्यक्तिले ४-५ दिन अघि लागुपदार्थ सेवन गरेको भए किटमा एउटा गाढा रातो धर्सा र अर्को एउटा फिका रातो धर्सा देखिने गर्दछ । झट्ट हेर्दा यो किट महिलाहरुले गर्भ रहे नरहेको जाँच गर्ने किट जस्तै देखिने गर्दछ ।

तस्बीरः समाचारपाटी

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds