पत्नीको उपचार गरेर अमेरीकाबाट फर्केपछि प्रचण्डले भने : मलाई अमेरिकी विमानस्थलबाट भूमिगत शैलीमा लगियो

पत्नीको उपचार गरेर अमेरीकाबाट फर्केपछि प्रचण्डले भने : मलाई अमेरिकी विमानस्थलबाट भूमिगत शैलीमा लगियो

Prachanda dahal

file photo

अमेरिकामा पत्नी सीता दाहालको उपचार गरेर १० दिन पछि स्वदेश फर्किएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका भ्रमणको बेलिविस्तार गरेका छन् ।

‘म जहाजमै रहेको बेला मेरा विरुद्ध मेरील्याण्डमा उजुरी परेको रहेछ’ द्वन्द्वकालीन घटनाका विषयलाई लिएर नेपाली मूलका अमेरिकी नागरिक तिलक श्रेष्ठले दिएको उजुरीबारे स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले भने, ‘तर, मलाई जानकारी दिइएन। एयरपोर्टमा पुग्नेबित्तिकै मलाई भूमिगत रुपमै गन्तव्यसम्म पुर्‍याउने व्यवस्था गरिएको रहेछ। मैले पछि थाहा पाएँ ।’ उनले भने । अध्यक्ष प्रचण्डले अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की लगायतका नेपालीहरुले आफूलाई केही नहोस् भनेर सावधानी अपनाएको बताए । यो समाचार खबरहवले प्रकाशन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ