‘ठेकेदार सांसद्’ले बनाएको पुल हावाले उडायो !

‘ठेकेदार सांसद्’ले बनाएको पुल हावाले उडायो !

download

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध मुद्दा दायर गरेको विषय आजका सबै दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । अख्तियारले मंगलबार आफ्नै आयुक्तविरुद्ध पहिलोपटक यसरी मुद्दा दायर गरेको हो ।

यसबाहेक पूर्वाधार निर्माण अनियमितता, लगानी सम्मेलनसँग सम्बन्धित सामग्रीलाई पनि पत्रिकाहरूले समेटेका छन् । सामाजिक सुरक्षा भत्ताका लागि कैलालीका सेवाग्राहीले व्यहोर्दै आएको असुविधालाई अन्नपूर्णले मुख्य समाचार बनाएको छ । समाचार अनुसार, यहाँका स्थानीयले सामाजिक सुरक्षा भत्ताका लागि दिनभर लाममा लाग्नुपर्ने बाध्यता छ ।

अन्नपूर्णको भित्री पृष्ठमा ठेकेदार सांसद्ले बनाएको पुल हुरीले भत्काएको खबर छ । नुवाकोट र धादिङ जोड्न त्रिशूली नदीको केउरेनीमा निर्माणाधीन पुल हुरीका कारण भत्किएको हो ।

गल्छी गाउँपालिका–१ र नुवाकोटको बेलकोटगढी नगरपालिका–५ जोड्ने यो पुल सम्झौताअनुसार ०७४ असारसम्ममा निर्माण गरिसक्नुपर्ने थियो । ठेकेदारको ढिलासुस्तीका कारण एक वर्ष म्याद थप गरी निर्माण सम्पन्न गर्ने अन्तिम मिति ०७५ चचैतसम्म तोकिएको थियो ।

पुलका ठेकेदारबारे नयाँ पत्रिका दैनिकले बहालवाला सांसद् बहादुरसिंह लामाले उक्त पुलको ठेक्का लिएको उल्लेख गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ