एजेन्सी – सन्दिप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले पहिलो पराजय व्यहारोको छ । मंगलबार राति भएको आफ्नो दोस्रो खेलमा दिल्ली दिल्ली चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित भएको हो । ओपनर शिखर धवनले अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत पाँचौ खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई १ सय ४८ रनको लक्ष्य दिएको दिएको थियो ।
घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धा्रित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४७ रन बनायो । ओपनर धवनले ४७ बलमा ७ चौका प्रहार गर्दै ५१ रनको योगदान दिए । १४८ रनको लक्ष्य पछ्याएको सुपरकिंग्सले दिल्लीको चुनौति २ बल बाँकी छँदै ४ विकेटको क्षतिमा भेट्टायो ।
दिल्लीले लगातार दोस्रो खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेलाई टोलीमा समावेश गरेन । पछिल्लो खेलबाट ट्रेन्ट बोल्टको स्थानमा अमित मिश्रा टोलीमा परे । दिल्लीले पहिलो खेलमा इण्डियन्सलाई ३७ रनले जितेको थियो । चेन्नईको यो लगातार दोस्रो जीत हो । उसले पहिलो खेलमा रोयल च्यालेञ्जर्सलाई ७ विकेटले हराएको थियो ।
सम्बन्धित खबर
सरकारी निकायहरूमा आधिकारिक भाषा प्रयोग, भाषिक पुनरुत्थान र भाषिक–सामाजिक न्याय विषयक गोष्ठी सम्पन्न
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
स्वास्थ्य क्षेत्र गण्डकी सरकारको प्राथमिकता : स्वास्थ्यमन्त्री पाठक
‘मानिया’ इनर्जी ड्रिंक पिउँदा तामाङ्गले जिते ३२ इन्चको एलइडी टिभी
पोखरा -१५ मा तीज गीत प्रतियोगिता, माछापुच्छ्रे चौतारी आमा समूह पहिलो
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग