ह्वेलको पेटबाट निकालियो ४० किलो प्लास्टिक

ह्वेलको पेटबाट निकालियो ४० किलो प्लास्टिक

Capture

एजेन्सी— समुद्रमा पछिल्लो समय प्लास्टिक अत्यन्त धेरै बढेको छ र यसले समुद्री जीवलाई समस्यामा पारेको छ । यसको पछिल्लो उदाहरण हो फिलिपिन्समा समातिएको एउटा ह्वेल जसको पेटमा ४० किलो प्लास्टिक पाइयो ।

समुद्री वैज्ञानिक डेरेल ब्लाचले तथा डिबोन कलेक्टर म्युजियमको टिमले फिलिपिन्समा एउटा ह्वेल मृत अवस्थामा भेटे । र, त्यसको पेट चिर्दा त्यहाँबाट ४० किलो प्लास्टिक निकालियो । त्यही कारणले नै त्यो ह्वेलको मृत्यु भएको पनि उनीहरुले पाए ।

ह्वेलको पेटमा यति धेरै प्लास्टिक भेटिएको यो पहिलो पटक हो । त्यो ह्वेलको पेटमा १६ चामलका बोरा तथा कयौँ सपिङ ब्याग भेटिएको थियो । त्यही प्लास्टिक भरिएका कारण त्यो ह्वेलको मृत्यु भएको वैज्ञानिकहरुले निष्कर्ष निकालेका छन् ।

डेरेलले चाहिँ पछिल्ला १० वर्षमा यसरी प्लास्टिकका कारण मरेका ५७ ह्वेल देखिसकेका छन् । अघिल्लो वर्ष दक्षिणी थाइल्यान्डमा पनि एउटा ह्वेलको पेटमा ८ किलो प्लास्टिक भेटिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ