चीनमा भेटियो २५ सय वर्ष पुरानो अन्डा

चीनमा भेटियो २५ सय वर्ष पुरानो अन्डा

egg

सांकेतीक चित्र

नानचिङ : पुरातत्वविद्ले चीनको च्याङसु प्रान्तमा दुई हजार ५०० वर्ष पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको सोमबार जनाएका छन्।

उत्खननका क्रममा अन्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो।

नानचिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताले ल्याङ शहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अन्डा फेला परेको बताएका छन्।

मानिसको हातले छुँदा अन्डा फुट्ने त्रासका कारण अन्डा गणना गर्न एक्सरेको प्रयोग गरिएको पुरातत्वविद् चाओ हङमिङले बताए। ‘सेतो र पहेंलो अवस्थामा भेटिएका ती अन्डा सडेको अवस्थामा छन्। तिनलाई नुनमा डुबाइएको थियो वा थिएन भन्ने बारेमा डीएनए परीक्षण गर्ने तयारी भइरहेको छ’, उनले भने।

अन्डाका शौखिन व्यक्तिको निधन भएपछि उनकै सम्झनामा भाँडोमा अन्डा राखेर सँगै गाडिएको हुनसक्ने अनुसन्धाताको भनाइ छ। प्राचीन चिनियाँ चिहानमा अन्डा भेटिएको यो पहिलोपटक भने होइन। अन्डा नफुटेको अवस्थामा बिरलै पाइन्छ। वैज्ञानिकहरूका अनुसार यति लामो अवधिसम्म अन्डाको बाहिरी भाग सुरक्षित रहनु निकै कठिन हो।

सन् २०१५ मा चीनको दक्षिणपश्चिम क्वाइचाओ प्रान्तमा पुरातत्वविद्हरूले दुई हजार वर्षभन्दा अघिको चिहानमा पनि अन्डा फेला पारेका थिए, तर उत्खननका क्रममा हातले छोएका कारण त्यस अन्डाको बाहिरी भाग फुटेको थियो।  सिन्ह्वा

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ