पोखरा । फागुन तेस्रो साता तिनसम्म लगातार दुर्घटना भएपछि उडानमा रोक लगाइएको सोलो प्याराग्लाइडिङलाई फेरी उडान गर्न दिईने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) केन्द्रीय कार्यालयको आइतबार बसेको बैठकले फेरी उडान गर्न दिने निर्णय गरेको हो ।
लगातार तीन दिनसम्म भएको दुर्घटनापछि गत फागुन २१ गतेबाट प्रतिबन्ध लगाइएको सोलो प्याराग्लाइडिङ २० दिनपछि फुकुवा गरेको क्यान पोखराले जनाएको छ । लगातार भएको दुर्घटनामा परी दुई जनाको मृत्यु र चार जना घाइते भएका थिए ।
सोलो प्याराग्लाइडिङले तोकिएको एयर स्पेस भन्दा बाहिर उडान भरेपछि प्रतिबन्ध गरिएको थियो । दुर्घटनाको जिम्मेवारी लिनुपर्ने भन्दै अहिलेसम्म पनि ब्लु स्काई र फ्रन्टियर्स प्याराग्लाइडिङ कम्पनीलाई क्यान पोखराले कालो सूचिमा राखेको छ ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम