काठमाण्डौ – मंगलबार बिहान देशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको छ । सोमबार भित्रिएको पश्चिमी वायुसँग स्थानीय वायु मिसिएकोले सोमबार रातिदेखि नै धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार राति पश्चिममा मेघगर्जन र हावाहुरीसहित पानी पारेको प्रणाली अहिले मध्य क्षेत्रमा आइपुगेको छ । यो प्रणाली पूर्वतिर सरिरहेकाले मंगलबार देशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने संभावना छ । कतै कतै मौसम एकैछिन खुले पनि फेरि बदली भई मेघगर्जन र हावाहुरी चल्नेछ । तर ठूलो पानी पर्ने संभावना भने छैन ।
प्रिमनसुनको समयमा पानी पर्दा चट्याङ पनि पर्ने भएकाले सावधानी अपनाउन मौसमविद मिनकुमार अर्यालको आग्रह छ । मंगलबार रातिदेखि नै मौसममा सुधार आउने उहाँको अनुमान छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम