रुसमा थप्पड हान्ने प्रतियोगिता, विजयी ‘वेटलिफ्टर’ले प्रतिद्वन्द्वीलाई हानेको झापड भाइरल (भिडियो)

रुसमा थप्पड हान्ने प्रतियोगिता, विजयी ‘वेटलिफ्टर’ले प्रतिद्वन्द्वीलाई हानेको झापड भाइरल (भिडियो)

Russianslappingcontest

मस्को– क्रस्क्नोयस्क नामक एक रुसी सहरमा हालै देशमै पहिलो पटक थप्पड हान्ने प्रतियोगिता आयोजना गरियो । यस खेलको लागि एक पटकमा दुई प्रतियोगीलाई सहभागी गराइएको थियो । एउटा सानो टेबलमा एक अर्काको मुखामुख गरेर बसेका उनीहरुले पालैपालो प्रतिद्धन्दीलाई झापड हान्ने नियम बनाइएको थियो ।

थप्पड हान्ने क्रममा जसले विपक्षीलाई लडाउन सक्थ्यो, उ विजयी हुन्थ्यो । यो विवादास्पद कार्यक्रम रुसमा लोकप्रिय रहेको ‘साइबेरियन पावर शो’(साइबेरियन शक्ति प्रदर्शनी)को क्रममा आयोजना गरिएको थियो । उक्त प्रदर्शनी मार्च १६ र १७ मा क्रस्क्नोयस्कमा आयोजना भएको थियो ।

यस्तौ खेल अघिल्लो वर्ष राजधानी मस्को पनि आयोजना गरिएको थियो । तर त्यसमा भने व्यवसायीक खेलाडिलाई रमाइलोको लागि कसले सबैभन्दा कसेर थप्पड हान्न सक्ने भन्दै खेलाइएको थियो ।

तर यस प्रतियोगितामा भने आयोजकले प्रदर्शनीमा आएका जो कोहीलाई आफूलाई बलियो प्रमाणित गर्न पाउने अवसर दिएका थिए ।  खेलमा सहभागी अधिकाशं प्रदशनी हेर्न आएका आम मानिसहरु नै थिए । यसमा विजेताको लागि छुट्याइएको ३० हजार रुवलले पनि काम गरेको थियो ।

एक ‘वेटलिफ्टर’ भए प्रतियोगिताका विजयी
प्रतियोगितामा भ्यासिली कमोटस्की विजयी भएका छन् । उनी ‘वेटलिफ्टर (भारी तौल बोक्ने खेलाडी)’ भएको बताइएको छ । उनले आफ्ना प्रतिद्वन्दीलाई हानेको थप्पडको भिडियो भाइरल भएको छ । हालसम्म भिडियो १८.९ लाख पटक हेरिसकिएको छ ।

भिडियोमा भ्यासीलीले पहिलो थप्पडमै आफ्ना प्रतिद्वन्दीलाई झण्डै लडाइदिएका थिए । झापड खाएर धरमराएका प्रतिद्वन्दी छेउका मानिसको सहाराले सम्हालिको देखिन्छ । पुनः खेलमा फर्किएका प्रतिद्न्दीले दोस्रो थप्पड खाएपछि भने हार स्वीकारेका छन् ।   ‘साइबेरियन पावर सो’मा ‘वल्र्ड स्ट्रोङम्यान कप’ र ‘साइबेरियन डान्स कन्टेस्ट’जस्ता लोकप्रिय प्रतियोगिताहरु पनि आयोजना भयो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ