पोखरा । फर्जी डकुमेन्ट बनाएर लाइसेन्स निकाल्न सहयोग गरेको आरोपमा नेपाली काङ्ग्रेस सम्बद्द जनसम्पर्क समिति जापानका उपसभापति पुस्कर जंङ्ग थापा पक्राउ परेका छन् । जापानमा ड्राइभिङ स्कुल र रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थापा र उनका भाई अशोक थापालाई प्रहरीले नक्कली लाइसेन्स बनाएको आरोपमा पक्राउ गरेको हो ।
उनीहरु दुई साता अघि नै पक्राउ परेका थिए । उनीहरुलाई नक्कली लाइसेन्स नेपालमा बनाएर लाने र विदेशी लाइसेन्स छ भने जापानी लाइसेन्सको परीक्षा दिनु नपर्ने भन्दै नक्कली लाइसेन्स बेच्ने गरेको आरोप लागेको छ ।
जापानी संचारमाध्यमहरूका अनुसार नेपालमा ड्राइभिङ अनुभव नभए पनि नक्कली लाइसेन्स बनाइदिने र उनीहरुले नक्कली लाइसेन्सलाई जापानी लाइसेन्सको मान्यता दिन किर्ते छाप लगाउने देखि जापानी लाइसेन्समा हुने सबै प्रक्रिया पूरा गर्ने गरेको आरोप लागेको छ ।
https://www.facebook.com/npsij/videos/404696227009573/
उनीहरुका अनुसार नेपालमा एक दलालले नक्कली लाइसेन्स बनाएर दिने गर्छन् । नक्कली लाइसेन्स बनाएबापत उनीहरुले एक लाख ८० हजार येनसम्म लिने गरेको खुलेको छ ।
पक्राउ परेका पुस्करले यो आरोप स्वीकारेका छैनन तर हाल उनी जेलमा समय बिताइरहेको सञ्चार जापानी माध्यमहरुले जनाएका छ्न ।
सम्बन्धित खबर
आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाईंदै
रोनाल्डो बने सामाजिक सञ्जालमा एक अर्ब फलोअर्स पाउने पहिलो व्यक्ति
भियतनाममा शक्तिशाली आँधी : १२७ जनाको मृत्यु, ५४ जना बेपत्ता
वरिष्ठ पत्रकार उपाध्यायको अमेरिकामा निधन
रुस–युक्रेन युद्धमा थप ३ नेपालीको मृत्यु
सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीको निधन
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग