जबर्जस्ती गरेको भन्दै पोर्चुगलमा एक नेपाली पक्राउ

जबर्जस्ती गरेको भन्दै पोर्चुगलमा एक नेपाली पक्राउ

Rape

पोर्चुगल – जबरजस्ती करणीको आरोपमा पोर्चुगलमा एक नेपाली पक्राउ परेका छन् । सँगै काम गर्ने २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक नेपालीलाई पक्राउ गरेको हो । पक्राउ परेका ती नेपालीको नाम खुलाइएको छैन भने तर उमेर अन्दाजी ३५ वर्ष रहेको जनाइएको छ ।

घटना गत मङ्गलबार राति को हो । बलात्कार भएको आरोपमा पीडित युवतीले आसपासका वासिन्दालाई जानकारी गराएकी पछि स्थानीयले प्रहरी बोलाएका थिए ।

प्रहरीले पीडित युवतीलाई अस्पताल लगेको थियो भने अस्पतालले उनी बलात्कृत भएको जनाएको थियो । बलात्कारको आरोपमा पक्राउ परेका ती नेपालीलाई थुनामा राखेर अनुसन्धान जारी राखिएको जनाइएको छ ।

समाचार स्रोत/ खबरहव

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ