काठमाडौं – एक आमा आफ्नो बच्चाको खुसीका लागि आफ्ना सबै खुसी त्याग गर्छिन्, तर रुसमा एक महिलाले आफ्नो स्वार्थका लागि नवजातलाई जुन व्यवहार गरिन् त्यसले आमा र बच्चाको सम्बन्धलाई लज्जास्पद बनाएको छ । बच्चाका कारण आफ्नो डेटिङमा समस्या आएकाले उनले एक हप्तामात्र पुगेकी आफ्नी छोरीलाई बेचेकी थिइन् ।
उक्त घटनाका कारण मस्कोमा प्रहरीले २३ वर्र्षीय ती महिलालाई गिरफ्तार गरेको डेली मेलले जनाएको छ । उनी बच्चा बेच्न मस्कोबाट उफामा खरिदकर्ताहरुसँग भेट्न आएकी थिइन् । उनीहरुले नै प्रहरीलाई यस विषयमा जानकारी दिएका थिए ।
उनले बच्चालाई ११ हजार ५ सय १२ पाउन्डमा बेचेकी थिइन्, त्यसपछि खरिदकर्ताले नै प्रहरीलाई यस विषयमा जानकारी दिएको र उनलाई गिरफ्तार गरिएको अखबारले जनाएको छ । कुनै महिलाले यस प्रकारको कार्य गरेको यो दोस्रो घटना हो । याे समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते