नेपाललाई सद्भाव राख्ने भाजपा नेता कोसियारीले टिकट नपाएपछि नेपाली अनुयायीहरु निराश

नेपाललाई सद्भाव राख्ने भाजपा नेता कोसियारीले टिकट नपाएपछि नेपाली अनुयायीहरु निराश

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का नेता भगतसिंह कोसियारीलाई पार्टीले लोकसभा चुनावका लागि टिकट नदिएपछि भारतमा भन्दा नेपालमा त्यसको बढी चर्चा भइरहेको छ । नेपाल मामिलाका जानकार मानिएका कोसियारसँग नेपाली नेताहरु सिधै पहुँच थियो ।

पार्टी वा सरकारमा कुनै काम गराउनुपर्यो वा कसैलाई भेट्नुपर्यो भने नेपालका अधिकांश नेताहरु सिधै कोसियारीलाई सम्पर्क गर्थे । तर यसपटक उनलाई पार्टीले नै टिकट नदिएपछि कोसियारीका नेपाली अनुयायीहरु निराश भएका छन् । भाजपा स्रोतका अनुसार पछिल्लो समय पार्टीमा कोसियारीको भूमिका राम्रो देखिएको थिएन । पार्टी तथा सरकारको तर्फबाट नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) मा कोसियारीलाई पठाएको थियो ।

त्यहाँ उनले भारतको पक्षमा राम्रो भूमिका नखेलेको कारण सरकार तथा पार्टीमा उनको निकै आलोचना भयो । ईपीजी प्रतिवेदन विवादमा आएपछि हालसम्म भारतका प्रधामन्त्री नरेन्द्र मोदीले बुझेको छैन । ईपीजीको प्रतिवेदनमा भारतको पक्षभन्दा नेपालको पक्षमा बढी वकालत गरेको देखिएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यो प्रतिवेदन बुझ्नै मानेका छैनन् ।

कोसियारीले प्रधानमन्त्री मोदीसँग पटक–पटक समय मागेपनि उनले समय उपलब्ध गराउन सकेका छैनन् । प्रतिवेदनलाई लिएर सरकारमा मात्र होइन, पार्टीमा पनि निकै आलोचना भएपछि उनले टिकट नपाएको भाजपा स्रोतले जनाएको छ । भाजपामा नेपालसँग सबैभन्दा नजिकको नेता कोसियारीलाई मानिन्छ । पार्टीको तर्फबाट नेपालमा केही सन्देश पठाउनुपर्यो, कुनै डेलिगेशनमा जानुपर्यो वा अरु केही दुई देशबीचको सम्बन्धको कुराको छलफल होस् कोसियारीलाई नै पठाउनेगथ्र्यो । तर पछिल्लो समय भारत र नेपालबीच राम्रो सम्बन्ध देखिदैँन ।

त्यसमा कतै न कतै कोसियारी पनि दोषी रहेको पार्टीको बुझाई छ । तर यस बारेमा पार्टीको कुनै अधिकारीक प्रतिक्रिया भने आएको छैन । उमेरका कारण पनि उनलाई टिकट नदिएको कुरा पार्टीका कुनै कुनै नेताले आफ्नो धारणा राखेका छन् । तर पार्टीमा उमेरको कुनै हद तोकेको छैन । उत्तराखण्डका पहिलो मुख्यमन्त्री रहेका उनी उत्तराखण्डबाट चुनाव जित्दै आएका थिए । कोसियारी सन् २००० देखि २००७ सम्म विपक्षी दलका नेता पनि भइसकेका छन् ।

२००७ को विधानसभा चुनावमा चुनाव जितेपनि उनलाई मुख्यमन्त्री नबनाएर भाजपाका अर्का नेता भुवनचन्द्र खण्डुरीलाई मुख्यमन्त्री बनाइएको थियो । त्यतिबेला पनि उनीमाथि प्रशासनिक क्षमता नरहेको आरोप लगाइएको थियो । भुवनचन्द्र र कोसियारी एउटै पार्टीमा भएपनि यी दुईको बीचमा कहिले राम्रो सम्बन्ध भएन । यसपटक भुवनचन्द्रका छोरा मनिष खण्डुरीले भाजपाबाट टिकट नपाएपछि भारतीय कांग्रेसमा प्रवेश गरेका छन् ।

तर, यसपटक उनलाई टिकट दिएको छैन । भाजपाले पाँचवटा क्षेत्रमध्ये चारजनालाई दोहोर्याएको छ भने कोसियारीलाई मात्र ‘आउट’ गरेको छ । कोसियारीको ठाउँमा अजय भट्टलाई टिकट दिएको छ । उनी प्रदेशका पार्टी अध्यक्ष हुन् । उनको क्षेत्र नम्बर ३ (आलमोरा) हो तर पार्टीले उनलाई कोसियारीको ठाउँमा टिकट दिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ