साफ च्याम्पियनसिपको उपाधी जित्ने सपना चुक्यो नेपालको

साफ च्याम्पियनसिपको उपाधी जित्ने सपना चुक्यो नेपालको

nep_ind_

महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल पराजित भएको छ । शुक्रबार नेपाल भारतसँग ३–१ गोलले पराजित भएको हो ।   विराटनगरस्थित शहिद रंगशालामा दिउँसो ३ बजेदेखि सुरु भएको खेलमा भारतका लागि पहिलो गोल डालिमा चिभरले २६ औं मिनेटमा गरिन् ।

त्यस्तै सुरुमा भारतलाई दबाबमा राखेको नेपालले ३३ औं मिनेटमा बराबरी बनायो । नेपालका लागि सावित्री भण्डारीले गोल गरेकी थिइन् ।  यस्तै पहिलो हाफ एक÷एक को बराबरीमा सकिएपनि दोस्रो हाफको १३ औं मिनेटमा भारतले अर्को गोल थप्यो । भारतका लागि ग्रासि डेग्मीले दोस्रो गोल गरेकी हुन् ।

त्यसपछि खेलमा फर्कने प्रयासमा रहेको नेपाललाई ७८ औं मिनेटमा अर्को धक्का लाग्यो । भारतका लागि  ७८ औं मिनेटमा अञ्जु तामाङले तेस्रो गोल गरेकी हुन् ।

चौथोँ पटक फाइनलमा स्थान बनाएको नेपालको यस पटक पनि उपाधि जित्ने सपना चकनाचुर भयो ।  यसअघिका संस्करणमा पनि नेपाल फाइनलमा भारतसँग हार्दै आएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ