गोलरक्षक किरण चेञ्जोङले एकपछि अर्को गरि उत्कृष्ट बचाउ गरेपछि नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोकेको छ । बिहीबार कुवेतको घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा किरणले आक्रामक खेलेको कुवेतको आधा दर्जन बढी प्रहारलाई विफल पारेका थिए।
यस्तै ६१औं मिनेटमा कुवेतका कप्तान बाडेर अल मुतवा पेनाल्टीमा चुकेका थिए। नेपालका डब्यू गरेका खेलाडी अजित भण्डारीले डी बक्सभित्र विपक्षी खेलाडीलाई फउल गरेपछि कुवेतले पेनाल्टी पाएको थियो ।
त्यसमा मुतवाले प्रहार गरेको पेनाल्टी आकाशियो। नेपालले १९ बर्षपछि कुवेतसँग बराबरी खेलेको हो। यसअघि सन् २००० मा एएफसी एसिया कपमा कुवेतले नेपाललाई ५-० गोलअन्तरले पराजित गरेको थियो। नेपाली नयाँ प्रशिक्षक प्रशिक्षक योहान कालीनले राष्ट्रिय टोली सम्हालेयता यो उनको पहिलो खेल थियो।
यस खेलमा उनले ५ नेपाली खेलाडीलाई डेब्यू गराएका थिए। खेलमार्फतमा रवी पासवान, सन्तोष तामाङ, सुरज विक, अजित भण्डारी र विमल रानाले पहिलो पटक नेपाली जर्सी लगाए। नेपालले दोस्रो खेल मार्च २५ तारिखमा खेल्नेछ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते