अन्तत घुँडा टेक्दै गण्डकी मेडिकल कलेज, भरपाई बिनाको शुल्क विद्यार्थीलाई फिर्ता दिने

अन्तत घुँडा टेक्दै गण्डकी मेडिकल कलेज, भरपाई बिनाको शुल्क विद्यार्थीलाई फिर्ता दिने

gmc

फाइल तस्बीर

पोखरा । विद्यार्थीहरुले आन्दोलनमार्फत दबाब दिँदा पनि अतिरिक्त शुल्क फिर्ता गर्न अटेर गरिरहेको गण्डकी मेडिकल कलेजले अन्ततः घुँडा टेक्ने भएको छ । तोकिएको रकमभन्दा बढि शुल्क लिने र अतिरिक्त शुल्कको कुनै भरपाई नदिने गरेको गण्डकी मेडिकल कलेज सोहि कारण विवादमा तानिएको थियो ।

कलेजले मनोमानी गरेको भन्दै विद्यार्थीले गरेको आन्दोलन पनि अब टुंगिने निश्चित भएको छ । विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नबाट वञ्चित गराइएको विषयमा बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी सङ्गठनका पदाधिकारी बीच सहमति भएको हो ।

जबरजस्ती लिइएको शुल्क फिर्ता गर्ने, आवेदनमा छुट भएका विद्यार्थीलाई यही चैत ८ गतेसम्मको अवधिमा फारम भर्न लगाउने र विद्यार्थी सङ्गठनले गरेको तालाबन्दी खुलाउने सहमति भएको अनेरास्ववियुका सचिव आरसी लामिछाने जानकारी दिएका छन् ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सचिव खगराज बराल, त्रिविका उपकुलपति डा. तीर्थराज खनियाँ, निजी कलेज सञ्जालकका प्रतिनिधि, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र नेपाल विद्यार्थी सङ्घका प्रतिनिधि बीच बिहीबार सिंहदरबारमा वार्ता भएको थियो ।

सो विषयमा कारबाही नभएको भन्दै सत्तारुढ नेकपा निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले मङ्गलबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थानको डीनको कार्यालयमा तालाबन्दी गरेका थिए ।

गण्डकी र किष्ट मेडिकल कलेजमा आफु खुसी शुल्क असूल भएको र परीक्षा फाराम भर्न नपाएका विद्यार्थीलाई मनोवैज्ञानिक त्रास दिई मुद्दा फिर्ता लिन दबाब दिएको विषय कानूनी कारवाहीको सवाल भएकाले तालाबन्दी खुलेपनि पीडित विद्यार्थीले मुद्दा फिर्ता नलिने जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ