पोखरा विश्वबिद्यालयमा १४० शैयाको अस्पताल बन्दै, शिलान्यास गरियो

पोखरा विश्वबिद्यालयमा १४० शैयाको अस्पताल बन्दै, शिलान्यास गरियो

hospital

पोखरा । पोखरा विश्वबिद्यालयले एक सय ४० शैया क्षमताको अस्पताल निर्माण गर्ने भएको छ । बिहिबार विश्वविद्यालयले केन्द्रीय कार्यालयको हाताभित्र बनाउन लागेको अस्पतालको शिलान्यास गरि निर्माण कार्यको सुरुवात गरिएको हो ।

उक्त अस्पताल मेडिकल कलेज नभई विद्यार्थीलाई इन्टर्न्सिप गराउनका लागि बनाउन लागेको विश्वबिद्यालयले जनाएको छ ।  विश्वविद्यालयको आफ्नै अस्पताल नहुँदा विद्यार्थीहरुलाई प्रयोगात्मक कक्षा लिन कठिनाइ भएकाले अस्पताल निर्माण गर्न लागिएको हो ।

हालसम्म बिद्यालयको आनै अस्पताल नहुँदा विद्यालय र विद्यार्थी दुवैलाई गाह्रो र खर्चिलो हुने गरेपनि अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि सहज हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ