८० वर्षे बृद्ध जो ६० वर्षदेखि नुहाएकै छैनन, आगोले कपाल पोल्छन् !

८० वर्षे बृद्ध जो ६० वर्षदेखि नुहाएकै छैनन, आगोले कपाल पोल्छन् !

irani-old-man

तेहरान : आधुनिक युगसँगै मान्छेहरु धेरै चिजलाई आवस्यकता भन्दा पनि विलाशीको रुपमा प्रयोग गर्छन् । जस्तो कि, फ्रिजभित्र राखिएको खाना खानु, नयाँ डिजाइनको जुत्ता लगाउनु, नियमित स्नान गर्नु जस्ता कुरा विलाशी जस्ता देखिएका छन् ।तर एक इरानी बृद्धको अनौठो जीवनशैली चाहिँ पढ्न नछुटाउँ ।

उल्लिखित वस्तुप्रति ती बृद्धले कसरी हेर्छन् भन्ने कुरा थाहा पाउँदा धेरैको मनस्थिति परिवर्तन भइसकेको हुनसक्छ । इरानको देज्जाहमा बस्दैआएका उनले ६० वर्षदेखि यस्तै जीवनशैली अपनाउँदै आएका हुन् ।उनी मरेका जंगली जनावरको मासु खाने बताउँछन् ।

अमोउ हाजी नामका ८० वर्षे इरानी मजदुर, जो ६० वर्षयता नुहाएकै छैनन् । र अनौठो त, नुहायो भने बिरामी भइन्छ भन्ने उनको बुझाइ छ । आम मान्छेको भन्दा कठिन जीवनशैली छ उनको । उनको जीवनशैली स्वस्थ छ भनेर त भन्न सकिँदैन, तर यसै गरी उनले ८० वर्ष बिताइसकेका छन् ।

उनी दिनमा पाँचवटा चुरोट सेवन गर्छन् । तर पालैपालो हैन, पाँचैवटा चुरोट एकैपल्टमा पिउँछन् । र धुवाँको मुस्लो निकाल्छन् । उनी बेला बेला कपाल छोटो त पार्छन्, तर कैँची वा ब्लेडले हैन । आगोले पोलेर कपाल छोटो बनाउँछन् ।

बजनीक डटकमले तयार पारेको उक्त रिपोर्ट अहिले सामाजिक संजालमा पनि चर्चित बनेको छ । यदी कसैले उनको जस्तै जीवन यापन गर्न खोज्यो भने पक्कै त्यो सम्भव हुने छैन । तर अपवादको रुपमा उनको यस्तो अनौठो जीवनशैली सामान्य तरिकाले नै चल्दैआएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ