फेवातालमा डुबेका तीन जनाको सकुशल उद्दार

फेवातालमा डुबेका तीन जनाको सकुशल उद्दार

fewatal

फाइल तस्बीर

पोखरा । कास्की जिल्लाको पोखरा महानगरापालिका–६ लेकसाइडस्थित फेवातालमा एक्कासी आएको हावाहुरीको कारण डुङ्गा पल्टिएर डुबेका तीन जना पर्यटकलाई एपीएफ टोलीले सकुशल उद्दार गरेको छ ।

उनीहरु सो तालमा डुब्नासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण हेक्वाकालिका कास्कीबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्दार गरेको हो ।

तालमा बोटिङ्ग गर्ने क्रममा एक्कासी आएको हावाहुरीको कारण चिनियाँ नागरीक २४ वर्षीया Menguyaor yu, २५ वर्षीया Lewei Deng र ६० वर्षीया Kangbning Mai लाई सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक सिग्देलको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त तालबाट बाहिर निकालेको हो । उनीहरु चैत ५ गते दुर्घटनामा परेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ