होलि मनाउन घर आउँदै गर्दा पोखराका पुनको दुर्घटना परि मृत्यु

होलि मनाउन घर आउँदै गर्दा पोखराका पुनको दुर्घटना परि मृत्यु

bike-accident-2

पोखरा । होलि मनाउन भन्दै काठमाण्डौँबाट घर आउने क्रममा पोखराको एक जनाको मृत्यु भएको छ । बुधबार होलि मनाउन काठमाडौँबाट घर आउँदै गरेका पोखरा महानगरपालिका–२३ का २० वर्षीय दीपक पुनमगरको सवारी दुर्घटनामा परि मृत्यु भएको हो ।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ८०८५ नंको मोटरसाइकल र हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ४११४ नंको ट्रक बेनिघाटरोराङ गाउँपालिका–५ बेनिघाट गोमती पुलमा एकापसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परि घाइते पुनमगरको उपचारका लागि काठमाडौँतर्फ लाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको     छ । दुर्घटनामा सोही स्थान निवासी मोटरसाइकल चालक २१ वर्षीय सुरज अधिकारीको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ