सडक खन्दा मुगलकालीन सिक्कैसिक्का

सडक खन्दा मुगलकालीन सिक्कैसिक्का

sikka-

बर्दिया — बारबर्दिया नगरपालिका ६, सोनपुरदेखि जोगनपुर जोड्ने सडक खन्ने क्रममा तामा र चाँदीका सिक्का भेटिएका छन्  । स्काभेटरबाट सडक खन्दा करिब ३ फिट गहिराइमा मुगलकालीन तामा र चाँदीका सिक्का फेला परेको प्रहरीले जनाएको छ  ।

प्रहरी नायब उपरीक्षक मदनजित महराले माटाका घैंटोमा राखिएको चाँदीको सिक्का ५ थान ५४ दशमलव ४ मिलिग्राम र तामाको सिक्का ७ केजी २ सय ग्राम रहेको बताए । केही सिक्का गाउँलेले लुकाएको पनि प्रहरीले जनाएको छ । तामा र चाँदीका सिक्का भेटिएपछि स्थानीय प्रहरीले सडक खन्न रोक लगाएको छ । उर्दू अक्षरमा लेखिएका ती सिक्का अनुसन्धानका लागि पुरातात्त्विक विभागमा पठाइएको छ ।

मुस्लिम अभिलेख पढ्न सक्ने जनशक्ति अभावमा अनुसन्धानका लागि पुरातात्त्विक विभाग पठाइएको प्रहरीले जनाएको छ । पुरातात्विक अनुसन्धान विभागका अधिकृत भास्कर ज्ञवालीले १३ औं देखि १७ औं शताब्दीको मुगलकालीन शासनकालका सिक्का हुन सक्ने बताए । यो समाचार कान्तिपुर दैनिकले छापेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ