दाङ — १३ वर्षीया किशोरी बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका १७ वर्षीय किशोरबारे अनुसन्धान गर्न थप ५ दिनको म्याद म्याग्दै प्रहरीले जिल्ला अदालतमा भिडियो कल गर्यो । वेब क्यामेराअघि रहेका जिल्ला न्यायाधीश हेमन्त रावलले अभियुक्त किशोरसँग भिडियोमै कुरा गरे ।
घटनामा संलग्न भए/नभएको सोधे । प्रहरीको व्यवहार, घरपरिवारलाई भेट्न पाए/नपाएकोबारे जानकारी लिए । मुद्दा हेर्ने प्रहरी अधिकारीसँग पनि कुरा गरे ।
‘यसअघि दिएको पाँच दिनको समयमा उक्त मुद्दाबारे के–के काम भयो, अब किन समय चाहियो ?’ न्यायाधीश रावलले प्रहरी अधिकारीलाई सोधे, ‘अझै अनुसन्धानका लागि समय चाहिने भए थप चार दिनको म्याद थप भयो । उक्त समयभित्र सबै काम सक्नू ।’
देउखुरी जिल्ला अदालतमा अभियुक्तले प्रहरी कार्यालयबाटै भिडियो कलमार्फत बयान दिन सकिने प्रविधि सुरु भएपछि यसरी म्याद थपियो । म्याद थप्नकै लागि एक अभियुक्तको पछाडि दिनभरि नै ५/६ जना प्रहरी लाग्नुपर्ने झन्झटबाट मुक्ति दिन यो व्यवस्थाले सहयोग पुर्याएको रावलले बताए । यो खबर कान्तिपुर दैनिकले छापेको छ ।
सम्बन्धित खबर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
पूर्व सहकारी रजिस्ट्रार पराजुली १ करोड ५ लाख घुस खाएको खुलेपछि फरार
यो पनि पढौँ
सत्रकिलो बस दुर्घटनामा पोखरा बस्ने एकसहित ५ जनाको मृत्यु, एक गम्भीर [अपडेट]
शौच गर्न जाँदा मुग्लिनबाट बेपत्ता भएकी छात्रा नारायणीमा मृत भेटिइन्
भैलो खेलिरहेको स्थानमा बस गुड्दा २ जनाको मृत्यु, ३५ जना घाइते
तीन जना सवार कार पोखरीमा डुब्यो, दुईको शव फेला, एक जना पौडिएर बाँचे