मन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटनालगत्तै उद्दारमा खट्ने ३ प्रहरी पुरस्कृत

मन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटनालगत्तै उद्दारमा खट्ने ३ प्रहरी पुरस्कृत

police

काठमाडौं– फागुन १५ गते पाथीभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा भएको दुर्घटनाको उद्धारमा खटिने ३ प्रहरी पुरस्कृत भएका छन् । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।

सोही घटनामा उद्धार कार्यमा जुटेका ताप्लेजुङका तीन प्रहरी पुरस्कृत भएका हुन् । पुरस्कृत हुनेमा प्रहरी हवल्दार वेद कुमार अर्याल, प्रहरी जवान उपेन्द्र राई र प्रहरी जवान मनोज कुमार चौधरी छन् ।

उनीहरु तीनै जना ताप्लेजुङको अस्थायी प्रहरी चौकी माथिल्लो फेदीमा कार्यरत रहेका थिए । ३ प्रहरीलाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ