आफ्नै १७ बर्षीय छोरीलाई २ वर्षदेखि निरन्तर बलात्कार गरिरहने बाबु पक्राउ

आफ्नै १७ बर्षीय छोरीलाई २ वर्षदेखि निरन्तर बलात्कार गरिरहने बाबु पक्राउ

rape

रुकुम पश्चिम : आफ्नै १७ बर्षीय छोरीलाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सानीभेरी गाउँपालिकाका ३४ वर्षीय एक पुरुषलाई आफ्नै १७ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

बलात्कार गरेको उजूरीको आधारमा उनलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत चैत १ गते दिउँसो श्रीमती माइत गएको र छोरी स्कुलबाट घर नगएर साथीकै घर बसेको अवस्थामा उनले छोरीलाई घर लैजान भनी जबर्जस्ती घर लैजाने क्रममा बाटोमै पर्ने एक व्यक्तिको गोठमा जबर्जस्ती गरेको पीडित किशोरीले बताएकी छन् ।उनले छोरीमाथि दुई वर्षदेखि निरन्तर जबर्जस्ती करणी गर्दैआएको प्रहरीमा दिइएको उजूरीमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ