पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, दुई जना बिदेशी नागरिक घाईते

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, दुई जना बिदेशी नागरिक घाईते

Paragrading-in-Nepal

संकेतिक चित्र

पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । मंगलबार सराङकोटबाट उडेको ओपन स्काई प्याराग्लाइडिङ कम्पनीको प्याराग्लाइडिङ खपौंदीमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा दुई जना घाईते भएका हुन् । दुर्घटनामा परि प्यारापाइलट चिनियाँ नागरिक ५० वर्षीय एलेस विर्किन र सिंगापुरका यान्ज ग्वान्ज जी घाइते भएका हुन् ।

दुर्घटना भएपनि कम्पनीले नागरिक उड्डयन प्राधिकरणलाई जानकारी नगराएको बताईन्छ । अवतरण गर्दा बिजुलीको तारमा अड्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पोखरामा तीन साता अघि लगातार तीन दिन प्याराग्लाइडिङ दुर्घटना हुँदा दुई जनाको मृत्यु र दुई जना घाईते भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ