आठ ‘हरर फिल्म’ जुन हेर्दाहेर्दै मानिसको मृत्यु भयो

आठ ‘हरर फिल्म’ जुन हेर्दाहेर्दै मानिसको मृत्यु भयो

Horror-Movie

भूतका फिल्महरु हेरेर मानिसहरुको ज्यानै गएका केही घटनाहरु छन् । फिल्म यतिधेरै डरलाग्दा थिए कि जसलाई हेरेर मानिसहरु डराएर वेहोश भए, कसैको हार्ट अट्याकका कारण मृत्यु भयो । जसमध्ये डरलाग्दा आठवटा मुभिहरु यहाँ उल्लेख गरिएको छ ।

१.राजु गरी गाडी–२०१५

सेभेन रियालिटी टिभी शो कन्टेस्टेन्सको कथामा आधारित रहेको तेलुगु हरर फिल्मले मानिसलाई निकै डरलाग्दो रहेको छ । द हान्सइन्डिया डट कममा उल्लेख गरिएको रिपोर्टअनुसार हैदराबाद फिल्मको स्क्रिनिङ्गको समयमा ५५ वर्षीय एक मानिस डराएर दुई पटक सम्म थियटरबाट बाहिर निस्कन प्रयास गरिरहेका थिए । तर उनी निस्कन नसकेपछि फिल्म हेर्दा हेर्दै उनको मृत्यु भएको थियो ।

२. द कन्जुरिङ्ग २–२०१६ 

अंग्रेजी हरर फिल्म द कन्जुरिङ्ग को सिरिज सिनेमा जगतको इतिहासमा सबैभन्दा धेरै डरलाग्दो फिल्ममध्यको एक रहेको छ । सत्य घटनामा आधारित यो फिल्मको दुई सिरिजमा दर्शकलाई निकै डरलाग्दो वातावरण सिर्जना गर्ने सिनहरु रहेका छन् । पत्रिकामा लेखिएको समाचार अनुसार द कन्जुरिङ्ग २ हेरेपछि ६५ वर्षीय व्यक्तिको छाती दुख्न सुरु गर्यो र उनलाई हस्पिटल लगेपछि मृत घोषणा गरियो ।

३.द प्याशन अफ द क्राइस्ट –२००४ 

२०१४ मा रिलिज भएको फिल्म द प्याशन अफ द क्राइस्ट जिसस क्राइस्टको जीवनको अन्तिम १२ घण्टाको कथामा आधारित छ । फिल्ममा राखिएको हिंसाका दृश्यहरुको कारण यसको निकै आलोचना पनि भएको थियो । सिएनएन डट कममा प्रकाशित समाचारका अनुसार फेबु्रअरी २००४ मा फिल्म हेरिसकेपछि ५६ वर्षीय स्कट प्यागीलाई हार्ट अट्याक भयो । उक्त घटना भएको एक महिना पछि ४१ वर्षीय ब्राजिलका नागरिक जोस जेराडो सारेसलाई पनि हृदयघात भएको थियो ।

४. अवतार –२००९ 

विश्वकै सबैभन्दा आनन्दित मानिएको चलचित्र अवतारले समेत एक व्यक्तिको ज्यान लिइसकेको छ । सञ्चारमाध्यमका अनुसार ताइवानका ४२ वर्षीय एक दर्शकको यो फिल्म हेर्दाहेर्दै थियटरमा हार्ट अट्याक भएर निधन भएको थियो । डाक्टरका अनुसार अवतारको भिजुअल इफेक्ट्स देखेर ओभर एक्साइटेड हुँदा उनको मृत्यु भएको थियो ।

५. ग्रयान्ड मस्ती–२०१३

भारतीय एडल्ट कमेडी फिल्म ग्रयान्ड मस्तीले एक २२ वर्षीय युवकको ज्यान लिएको छ । डिएनएमा छापिएको एक समाचारका अनुसार मुम्बईमा बस्ने २२ वर्षीय मंगेश भोगल गर्लफ्रेण्डसँग बसेर फिल्म हेर्दै गर्दा उनको मृत्यु भएको थियो । फिल्म हेरेर हाँस्दा हाँस्दा उनलाई हार्ट अट्याक भएको थियो र अस्पताल लैजानु भन्दा अगाडी नै उनको मृत्यु भएको थियो ।

६. द एग्जरर्सिस्ट–१९७३ 

चलचित्रको सिनका कारण धेरै असल जिन्दगीहरुको ज्यान गएको छ । फिल्ममै काम गर्ने एक्ट्रस वलसिलिकी मालियारोस, म्याक्स वनका भाइ र लिन्डा ब्लेयरका हजुरबाको मृत्यु हरर फिल्म हेरेकै कारण भएको थियो ।

७.एलियन्स–१९८६ 

डिसेम्बर २०१० मा एलियन्स हेरेपछि एक स्कुलका छात्र एम प्रभाकरको मृत्यु भएको छ । हैदराबादका प्रभाकर स्कुल होस्टलमा ५०० स्टुडेन्ट्ससँग बसेर यो फिल्म हेरिरहेका थिए । त्यो बीचमा उनी वासरुम जान उठ्दा भुँईमा लडे । त्यसको केही समय पछि अरु विद्यार्थीहरुले उसलाई वासरुममा लडिरहेको अवस्थामा भेटिएको थियो । हस्पिटल लैजानु भन्दा अगाडी नै उसलाई मृत घोषणा गरिएको थियो ।

८. द क्रिपिङ्ग अननोन–१९९५ 

यो चलचित्र एस्ट्रोनटको जीवनमा आधारित छ । एलियनको जीवनमा आधारित यो फिल्ममा इलिनोइजमा भएको स्क्रिनिङ्गको क्रममा एक ९ वर्षीय बच्चाको थियटरमै मृत्यु भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ