९ मिनेटमा ६ बच्चालाई जन्म दिएर नयाँ रेकर्ड कायम, ४ छोरा, २ छोरी

९ मिनेटमा ६ बच्चालाई जन्म दिएर नयाँ रेकर्ड कायम, ४ छोरा, २ छोरी

the-sun

प्रतिकात्मक तस्विर

अमेरिका । अमेरिकाको टेक्सासकी एक महिलाले ६ वटा बच्चालाई ९ मिनेटको बीचमा जन्म दिएर नयाँ रेकर्ड राखेकी छन् । थेल्मा चियाका नामकी ती महिलाले गएको शुक्रबार ४ छोरा र २ छोरीलाई जन्म दिएको हफपोस्टले जनाएको छ ।

बिहान ४ः५० देखि ४ः५९ बजेकोे बीचमा उनले जन्म दिएकी हुन् । सो कुरा वुमन्स हस्पिटल टेक्सासद्वारा जारी गरिएको वक्तव्यमा उल्लेख छ । उनले सोही अस्पतालमा बच्चाहरुलाई जन्म दिएकी थिइन् । बच्चाहरुको तौल १ पाउण्ड १२ औंसदेखि २ पाउण्ड १४ औंससम्म रहेको छ ।

सबै बच्चाहरुको स्वास्थ्य अवस्था स्थिर रहेको  र उनीहरुलाई अस्पतालको अत्यधुनिक नियोनाटल इन्टेन्सीभ केयर युनिटमा राखिएको छ । याहुका अनुसार यसप्रकारको अवस्था ४ दशमलब ७ बिलियनमा १ जनालाई हुने गरेको छ । चियाकाले छोरीहरुको नाम जिना र जुरियल राखेकी छन् भने छोरोहरुको नाम भने अझै राख्न बाँकी रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ