प्रधानमन्त्री चढेको विमान होल्ड प्रकरणः ट्राफिकको कान जाँच्नूपर्ने प्रतिवेदन

प्रधानमन्त्री चढेको विमान होल्ड प्रकरणः ट्राफिकको कान जाँच्नूपर्ने प्रतिवेदन

kp-oli1

 काठमाडौँ – प्रधानमन्त्री केपी ओली चढेको विमान होल्डमा राखिएको विषयमा अध्ययन गर्न बनाइएको छानबिन समितिले काठमाडौं विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को कान जाँच्नुपर्ने प्रतिवेदन दिएको छ ।

सहसचिव सुरेश आचार्यले सोमबार संस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको मन्त्रालय स्रोतले बतायो । अघिल्लो मंगलबार प्रधानमन्त्री ओली चढेको विमान गृहजिल्ला झापाको भद्रपुर विमानस्थलबाटं फर्कदै गर्दा काठमाडौंमा अवतरण गर्ने क्रममा ६ मिनेट हाराहारी होल्डमा परेको थियो ।
विमान अल्फा माइक नोभेम्बरले काठमाडौं विमानस्थलमा अवतरण गर्नुअघि जहाजमा भीभीआईपी सवार रहेको एटीसीलाई जानकारी गराएका थिए । तर, एटीसीले भीभीआईपी सुन्नुपर्नेमा भीआईपी मात्रै सुनेको स्रोतले बतायो । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

केही स्थानमा बदली र वर्षाको सम्भावना
लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक

ट्रेन्डिङ